सिन्धुलीमा गोली प्रहारबाट एकजना घाइते



सिन्धुली । सिन्धुलीमा गोली लागेर एक जना घाइते भएका छन् । आइतबार दिउँसो हरिहरपुरगढी गाउँपालिका ६ ढप्सेमा गोली चल्दा एक जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुली प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार गोली लागेर मकवानपुर बागमती गाउँपालिका १, बोटगाऊँका ४० वर्षीय प्रेम बहादुर बम्जन घाइते भएका हुन् ।

गोली हेलमेटको दाहिने भाग र गाला छेडी दाँतमा अड्केको उनले जानकारी दिए । घटनापछि घाइतेलाई उपचारको लागि सर्लाहीको मोडेल अस्पताल लगिएकोमा सामान्य उपचार पछि थप उपचारको लागि वीरगन्जमा रहेको वयोधा हस्पिटलमा लगिएको उनले जानकारी दिए ।

घाइते प्रेमबहादुर बम्जन र उनका भाइ दिलबहादुर बमजन प्र.२–०३–००६ प ८५५४ नम्बरको मोटरसाइकलमा रौतहटबाट सर्लाही हुँदै सिन्धुलीबाट मकवानपुर तर्फ जाने क्रममा तीन जना तराई मूलका जस्तो देखिने अपरिचित मानिसहरूले ढप्सेमा रोकी पैसा मागेको र साथमा रहेको एक हजार २०० रुपैयाँ दिने क्रममा गोली हानेका भाइ दिलबहादुर बम्जनले जानकारी दिएको प्रहरी उपरीक्षक काफ्लेले सरोकार बताए । घटनापछि गोली प्रहार गर्नेहरू फरार रहेको र अनुसन्धान तथा खोजी कार्य भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आठ करोडको लागतमा त्रिशूलीमा नयाँ पक्की पुल निर्माण

त्रिशूली । विसंं २०२० सालमा त्रिशुली तर्न निर्माण भएको ‘ट्रस ब्रिज’ जीर्ण भएपछि

बाढीपहिरोले मकवानपुरमा एक अर्ब ६९ लाख भन्दाबढीको क्षति

बागमती । हालैको बाढीपहिरोले मकवानपुरमा रु एक अर्बभन्दा बढी ६९ लाखभन्दा बढीको भौतिक

उद्योगीलाई प्राधिकरणको आग्रहः डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता मंसिर १२ गतेभित्र बुझाउनु

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको उद्योगीहरुलाई डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग गरेबापतको महसुल मंसिर

महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार

धरान । घोँगीको व्यापार यहाँका धेरैजसो महिलाका लागि आम्दानीको आधार बनेको छ ।