ब्रिटिश संसदमा मनाइयो दीपावली



लण्डन । बेलायती संसदको निमन्त्रणामा महायोगी सिद्धबाबा स्पिरिचुअल एकेडेमी, युकेले पहिलो पटक ब्रिटिश संसदको प्रतिष्ठित मञ्चमा भव्य रूपमा दीपावली उत्सव मनाएको छ ।

अनन्तश्री विभूषित जगद्गुरू महायोगी सिद्धबाबा अनन्य कृपापात्र अन्तर्राष्ट्रिय कथा वाचिका चन्द्रकला सखीको नेतृत्वमा भएको यो कार्यक्रममा सहभागीहरूले नेपाली मौलिकतालाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै नेपाली संस्कृतिको अभूतपूर्व पहिचान प्रस्तुत गर्न सफल भए ।

सखीले युरोप लगायत विभिन्न पश्चिमा मुलुकहरूमा पनि आदिवैदिक सनातन धर्म र भगवान श्रीरामको महिमा प्रचार गर्दै आएकी छन् । सोही कार्यको निरन्तरता स्वरुप सखीको अगुवाइ, एवं हिमालयन सिद्धमहायोग परिवारको सक्रियतामा भएको यस कार्यक्रमले दीपावली एवं देउसीभैलोको नेपाली संस्कृति विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।

महायोगी सिद्धबाबा स्पिरिचुअल एकेडेमीका पदाधिकारीहरूले यस अवसरलाई ‘केवल दीपावलीको उत्सव मात्र नभई, मानव कल्याण, विश्व बन्धुत्व, र सनातन धर्मका वैज्ञानिक सिद्धान्तहरूको व्याख्या गर्दै विश्वसमक्ष महत्वपूर्ण सन्देश प्रवाह गर्ने क्षण’ को रूपमा परिभाषित गरेका छन् भने एकेडेमीले यस ऐतिहासिक क्षणलाई सम्भव बनाउने ब्रिटिस संसदप्रति आभार व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय प्रसारण लाइनमा जोडियो रसुवागढी जलविद्युत आयोजनाको विद्युत

काठमाडौं  । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको १११

११ जिल्ला न्यायाधीशको सरुवा

काठमाडौं । न्यायपरिषदले ११ जिल्ला न्यायाधीशको सरुवा गरेको छ । बुधबार बसेको न्यायपरिषदको

जङ्गी अड्डामा नेपाल–भारतका सेना प्रमुखबीच के विषयमा भयो कुराकानी ?

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देल र नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी

अन्नपूर्ण दोस्रो हिमाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । कास्की र मनाङको सिमानामा बिहीबार भूकम्पको गएको छ । बिहीबार बिहान