पोखराको मित्र मिलन सहकारीका उपाध्यक्ष पक्राउ



पोखरा । प्रहरीले पोखराको मित्र मिलन सहकारीका उपाध्यक्ष विजय लम्साललाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले लम्लासलाई मंगलबार पक्राउ गरेको हो ।

यो सहकारी ठगी प्रकरणमा अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारीसहित पत्रकार अर्जुन गिरी, सञ्चालक सदस्य गोपाल खनाल, सल्लाहकार/शेयर सदस्य राजु बराल, शेयर सदस्य बुद्धिसागर पौडेल थुनामै छन् ।

मित्रमिलन सहकारी ठगीमै जोडिएका राष्ट्रिय सहकारी बैंक लिमिटेडका कास्कीका पूर्व व्यवस्थापक सन्तोष घिमिरे पनि पुर्पक्षकै लागि थुनामै छन् ।

यो सहकारी ठगीमा ३१ करोड बिगोसहित कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराले छानबिनको क्रममा यस सहकारीको २६ करोडभन्दा बढी रुपैयाँ हिनामिना भएको तथ्य फेला परेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मानव बेचबिखन मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार अभियुक्त कुवेतबाट पक्राउ

काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार

नेपाल-भारत विद्युत व्यापार सम्झौताविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौँ । नेपाल र भारतबीच भएको विद्युत व्यापार सम्झौताविरुद्धको रिट सर्वोच्च अदालतले खारेज

उडान समय छोटिएपछि बुद्ध एयरले जारी गर्यो छ बुँदे निर्देशिका

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका कारण उडान समय छोटिएपछि निजी क्षेत्रको हवाई

अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक