पोखरीमा कार डुब्दा बेपत्ता भएका दुईजना मृत फेला



सर्लाही । सर्लाहीमा पोखरीमा कार डुब्दा बेपत्ता भएका दुईजना मृत भेटिएका छन् । गौशाला नगरपालिका–१० का ३८ वर्षीय सुरेश महतो र सोनमा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर मृत भेटिएका हुन् ।

उनीहरूको शव प्रहरीले पोखरीबाट बाहिर निकालेको छ । सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई सर्लाहीकै ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा मंगलबार बिहान डुबेको थियो । कार डुब्दा दुईजना बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार कारमा सवार अर्का व्यक्ति महोत्तरीको गौशाला –२ का ३१ वर्षीय जनक यादव पौडिएर बाहिर निस्कन सफल भएका छन् ।

घटनालगत्तै खोजी तथा उद्धारका लागि पुगेको प्रहरी टोलीले बेपत्ता भएका दुई जनालाई फेला पार्न नसकेपछि बर्दिबासस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट गोताखोर टोली बोलाएको प्रवक्ता प्रनाउ श्रेष्ठले जानकारी दिए ।

टोलीले दुई जनाको शव फेला पारेको हो ।कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा गएर डुबेको स्थानीयको भनाइ छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अक्टोबरमा भित्रिए एक लाख २४ हजार विदेशी पर्यटक, अमेरिकी बढ्दै

काठमाडौँ । सन् २०२४ को १० महिनामा नौ लाख ४० हजार सात सय

माकलबारीमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौँ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा गएराति बा प्र ०२–०१४ प २७२६ नम्बरको

पुनः निर्माणपछि काबेली करिडोर प्रसारण लाइन संचालनमा

काठमाडौँ । बाढीपहिरोले क्षति पुगेको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको

टेलिकमको पाइपबाट पानी बगेपछि…

चितवन ।  चितवनको भरतपुर महानगरपालिकाको कार्यालयअगाडि सडकको बीच भागमा गाडिएको नेपाल टेलिकमको पाइपबाट