रुपन्देही प्रहरीले पनि रवि लामिछानेमाथि संगठित अपराधमा अनुसन्धान गर्ने, अदालतले दियो पक्राउ अनुमति



बुटवल । सहकारी ठगीको अभियोगमा पक्राउ परी कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति लामिछानेलाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले पनि प्रहरीलाई अनुमति दिएको छ ।

बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना तथा ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईसँगै उनका साझेदार छविलाल बन्जाडे र गोर्खा मिडियाका तत्कालिन प्रवन्ध निर्देशक रवि लामिछानेसहित १२ जनालाई अदालतले प्रहरीलाई पक्राउ अनुमति दिएको हो ।

सहकारीको रकम हिनामिना प्रकरणमा छानविन गर्न गठित सुर्य थापा नेतृत्वको संसदीय समितिको प्रतिवेदनका आधारमा इलाका प्रहरी कार्यालय बुटवलले संगठित अपराधमा पक्राउ गर्न अनुमति मागेपछि जिल्ला अदालतका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले उनीहरुलाई पक्राउ गर्ने अनुमति दिएको हो ।

सुप्रिम सहकारीका अध्यक्ष समेत रहेका ओम गुरुङ सहितलाई पक्राउ गरेर अनुसंन्धान गर्दा रवि लामिछाने गृहमन्त्री थिए । त्यसबेलासमेत रवि लामिछानेले रकम लगेको भन्दै अनुसन्धान गर्न दवाव परेपनि प्रहरीले उनको नाम हटाएको थियो ।

लुम्बिनी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले गरेको अनुसन्धान प्रतिवेदनमा समेत सुप्रिम सहकारीबाट लामिछानेले २ करोड हाराहारी रकम लगेको र गोर्खा मिडियामा २ करोड ५० लाख रुपैया लगेको उल्लेख गरेको छ ।

अदालतको पक्राउ अनुमतिसँगै लामिछानेलाई रुपन्देही ल्याएर अनुसन्धान गरिने भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले मुद्धाको नियमित अनुसन्धान प्रक्रिया अन्तरगत अनुमति लिएको बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्युत् प्राधिकरणले काट्यो डेडिकेटेड र ट्रंकलाइनको महसुल नतिर्ने उद्योगको लाइन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने उद्योगको लाइन काट्न

लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान देशव्यापी सञ्चालन गर्न प्रधानमन्त्रीको आह्वान

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान देशव्यापी

चिनियाँ मिडिया ग्रुप नेपाली विभागद्वारा काठमाडौंमा वृत्तचित्र प्रदर्शनी

  काठमाडौँ ।  नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्ष पुगेको अवसरमा

श्रीलंकालाई ६ शुन्यले हराउँदै नेपाल साफ च्याम्यिनसिपमा समूह विजेता

काठमाडौं । साफ महिला च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको