रास्वपा सभापति लामिछानेलाई थप सात दिन थुनामा राख्न अदालतको अनुमति



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप सात दिन थुनामा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । बिहीबार जिल्ला अदालत, कास्कीका न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासले रविसहित छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन थुनामा राख्न अनुमति दिएको  जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए । उनलाई सोही दिन राति पोखरा लगिएको थियो । सभापति लामिछानेलाई यसअघि असोज ४ गते ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको थियो ।

लामिछानेविरुद्ध अदालतले दोस्रो पटक म्याद थपेर अनुसन्धान गर्ने अनुमति प्रहरीलाई दिएको हो । रवि गोर्खा मिडियामा प्रबन्ध निर्देशक थिए भने पूर्वडीआईजी जोशी उपाध्यक्ष थिए ।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा जोशी र लामिछानेलाई सहकारी ठगी तथा सङ्गठित अपराधको मुद्दा अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुपन्देही प्रहरीले पनि रवि लामिछानेमाथि संगठित अपराधमा अनुसन्धान गर्ने, अदालतले दियो पक्राउ अनुमति

बुटवल । सहकारी ठगीको अभियोगमा पक्राउ परी कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति

राप्ती नदीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु

दाङ । दाङको लमहीस्थित राप्ती नदीको रैनियापुर घाटमा नुहाउने क्रममा तीन बालिकाको नदीमा

शिक्षामन्त्री भट्टराईका सय दिनका उपलब्धिमा साक्षर जिल्ला घोषणादेखि स्वास्थ्य संस्थाको अनुगमनसम्म समावेश

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सय दिनमा मन्त्रालयबाट भएका

मर्यादित भएर चाडपर्व मनाउन प्रशासनको आग्रह

  काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले मर्यादित भएर व्यवस्थित रुपमा चाडपर्व मनाउन