जंगी अड्डामा यसरी मनाइयो संयुक्त राष्ट्रसंघ दिवस



काठमडौं । संयुक्त राष्ट्रसंघ स्थापना  दिवसका अवसरमा जंगी अड्डामा नेपाली सेनाले बिहीबार विशेष कार्यक्रम गरेको छ । सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विशेष समारोह आयोजना गरिएको हो ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वमा शान्ति स्थापना र विपद व्यवस्थापनमा संयुक्त राष्ट्र संघले गरेको पहल र त्यसमा नेपाली सेनाले पुर्याएको योगदानको प्रशंसा गरे । कार्यक्रममा नेपाली सेनाले मार्चपास गर्नुका साथै विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरेको थियो।

कार्यक्रम स्थलमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गराइएको थियो । सन् १९४५ अक्टोबर २४ मा यूएनको स्थापना भएको हो । सन् १९४७ मा संयुक्त राष्ट्र महासभाले अक्टोबर २४ लाई संयुक्त राष्ट्रसङ्घको बडापत्रको वार्षिकोत्सव घोषणा गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुपन्देही प्रहरीले पनि रवि लामिछानेमाथि संगठित अपराधमा अनुसन्धान गर्ने, अदालतले दियो पक्राउ अनुमति

बुटवल । सहकारी ठगीको अभियोगमा पक्राउ परी कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति

राप्ती नदीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु

दाङ । दाङको लमहीस्थित राप्ती नदीको रैनियापुर घाटमा नुहाउने क्रममा तीन बालिकाको नदीमा

मर्यादित भएर चाडपर्व मनाउन प्रशासनको आग्रह

  काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले मर्यादित भएर व्यवस्थित रुपमा चाडपर्व मनाउन

खाँडो जीता नदीमा पुल नहुँदा आवतजावतमा समस्या

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– १ स्थित नाकाबाट स्थानीयवासी दैनिक सयौँको सङ्ख्यामा