चितवनमा रगत अभाव



चितवन । चितवन जिल्लामा रगत अभाव भएको छ । चाडपर्वका कारण रक्तदान कार्यक्रम कम हुँदा रगतको अभाव भएको हो ।

नेपाल रेडक्रस सोसाइटीले रगत अभाव भएकाले रक्तदान गर्न दाताहरूलाई आग्रह गरेको छ ।

यहाँ दैनिक दुई सय युनिट रगतको माग हुने गरेको भए पनि अहिले रगत पर्याप्त मात्रामा उपलब्ध हुन नसकेको सोसाइटीको चिवन शाखाका सभापति हरिप्रसाद पौडेलले बताए ।

चितवनमा रगत अभाव हुन नदिन कास्की, नवलपरासी, मकवानपुर, बारा, पर्सा, रौतहट सर्लाहीलगायत जिल्लाबाट रगत ल्याउने गरिएको भए पनि ती जिल्लामा समेत रगतको अभाव भएको उनले बताए ।

रगत अभावका कारण नियमित शल्यक्रियामा समेत समस्या हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पर्यटकको पर्खाइमा भोजपुरको छाँगे झरना

भोजपुर । भोजपुरको खार्ताम्छामा रहेको छाँगे झरना जिल्लाकै अग्लो झरनामा पर्छ । एक

डा. केसीलाई स्वास्थ्यमन्त्रीले भने-आफू मन्त्रालयमा आउनासाथ तपाईंले राखेका मागसँगे थप सुधारका कामहरु अघि बढाएका छौं

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डा. गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका

दाङमा टिपर दुर्घटनामा चालकको मृत्यु

  घोराही (दाङ) । दाङको बङ्गलाचुली गाउँपालिका–४ जुम्लेपानीमा गएराति टिपर दुर्घटना हुँदा चालकको

धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति बढ्दो आकर्षण

काभ्रेपलाञ्चोक। पहिलो स्वस्थ सहरको घोषित धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति आकर्षण बढेको छ ।