सवारी दुर्घटना गराएर चालक भागेपछि….



काठमाडौँ । सवारी दुर्घटना गराई फरार चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बानेश्वरको संयुक्त टोलीले सिसीटिभी फुटेज र घटनास्थलको प्राविधिक विश्लेषणका आधारमा ललितपुर महानगरपालिका–१ कुपण्डोलमा लुकेर बसेको अवस्थामा सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले मोरङको विराटनगर उपमहानगरपालिका–१७ घर भई हाल कुपण्डोल बस्ने ४० वर्षीय निरज विष्टलाई पक्राउ गरेको छ । उनको साथबाट बा३च ९४४ नम्बरको कारसमेत बरामद गरिएको प्रहरी परिसर काठमाडौँ का प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

यही असोज २६ गते साँझ काठमाडौँ महानगरपालिका–३२ तीनकुने गैरीगाउँ सडकमा सवारी दुर्घटना गरी सर्लाहीको कविलासी नगरपालिका–२ स्थायी घर भएका ५२ वर्षीय विनय रामलाई घाइते पारी सोही सवारी चालकले काठमाडौँ मेडिकल कलेज पुर्याई फरार भएका प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा यही असोज २७ गते मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेले भन्यो-मीनबहादुरका नाममा विचाराधीन मुद्दाहरूका बारेमा उहाँ आफैँले फेस गर्ने हो, जग्गा दानमा कुनै लेनादेना छैन

  काठमाडौँ । पार्टी केन्द्रीय कार्यालय भवन निर्माणका लागि प्राप्त जग्गाका विषयलाई लिएर

काभ्रेको खानीखोलाका विपद पीडित बासिन्दा लुइचे पाखामा त्रिपालको आश्रय लिएर बस्न बाध्य

धुलिखेल । तल बागमती खोला गड्गडाएर बगिरहेको छ । माथि रहेको डाँडामा त्रिपाल

त्रिभुवन विमानस्थलबाट दसैँमा दुई लाख ३७ हजारले गरे हवाई यात्रा

काठमाडौँ । बडादसैँको पाँच दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल दुई लाख

राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण

भक्तपुर । बडादसैँको अन्तिम दिन बुधबार कोजाग्रत पूर्णिमाका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरस्थित