लेबनानमा खटिएका सबै नेपाली शान्ति सैनिक सुरक्षित



काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ ।

सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको जानकारी दिए ।

प्रवक्ता केसीले लेबनानको विकसित परिस्थितिका आधार संयुक्त राष्ट्रसङ्घ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशानुसार नेपाली शान्ति सैनिक खटाइने बताए ।

‘शान्ति मिसन वरपर छिटपुट घटना भएका छन्, यसबाट दैनिकी र कार्यसम्पादनमा असर परिरहेको छ, संयुक्त राष्ट्रसङ्घको निर्देशन नेपाली शान्ति सेनाले पालना गर्नेछ’, सैनिक प्रवक्ता केसीले भने । हाल लेबनानमा आठ सय ७७ नेपाली शान्ति सैनिक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौंको गोकर्णेश्वरमा सुर्खेतका होमबहादुर फौजामगरको हत्या अभियोगमा तीनजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको गोकर्णेश्वरमा एकजनाको हत्या गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको

सवारी दुर्घटना गराएर चालक भागेपछि….

काठमाडौँ । सवारी दुर्घटना गराई फरार चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला

धौलागिरिमा ज्यान गुमाएका रसियन आरोहीको शव सङ्कलन थालियो

म्याग्दी । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँचजना रसियन पर्वतारोहीको शव सङ्कलन

बाबुले गरे भीरमा फालेर ६ वर्षीय छोराको हत्या

ढोरपाटन । बागलुङको ताराखोला गाउँपालिकाका केशव पुनले आफ्नो ६ वर्षीय छोरालाई भीरमा फालेर