जगदम्बा–श्री र मदन पुरस्कार प्रदान



काठमाडौँ । मदन पुरस्कार गुठीले २०८१ सालको जगदम्बा–श्री सम्मान र मदन पुरस्कार भाषाविद् प्रा.डा. योगेन्द्रप्रसाद यादव र ‘मुकाम रणमैदान’ पुस्तकका लागि लेखक मोहन मैनालीलाई प्रदान गरेको छ ।

बिहीबार आयोजित कार्यक्रममा भाषाविद् प्राडा. यादवलाई जगदम्बा–श्री सम्मान र मैनालीलाई मदन पुरस्कार प्रदान गरिएको हो । उनीहरूलाई प्रदान गरिएको पुरस्कार समान चार लाख रुपैयाँसहित सम्मानपत्र रहेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।

यादवले भाषाविज्ञानका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै जगदम्बा–श्री सम्मान अर्पण गरिएको हो । लेखक मैनालीले मुकाम रणमैदानमा नेपाल र अंग्रेज युद्धबारे उल्लेख गरेका छन्। उनले २०० वर्षअघिको कालखण्डका ऐतिहासिक तथ्य, जानकारी र चिठीपत्रका आधारमा पुस्तक तयार गरेका हुन् ।

मदन पुरस्कार २०१२ सालमा स्थापना भएको हो। यो पुरस्कार पहिलो पटक २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा’ र तत्कालीन नेपाल तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई अर्पण गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रविसँग एक करोड धरौटी माग

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले एक करोड

निकुञ्ज क्षेत्रलाई प्राकृतिक उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड

काठमाडौं ।  राष्ट्रिय सभाका सांसदहरूले निकुञ्ज क्षेत्रलाई प्राकृतिक उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे एडभाइजरी’ जारी

काठमाडौं ।  सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एड्भाइजरी’ जारी

चुरोट सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात

काठमाडौँ । सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघातको सम्भावना हुने गरेको पाइएको