जसले जीबी राईसँग मिले सूर्य दर्शन सहकारीको ३ करोड रकम आफ्नो खातामा लगिन्



पोखरा । पोखराको सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ४ स्थायी घर भई ललितपुर महानगरपालिका वडा नम्बर १५ खुमलटार बस्ने ३२ वर्षीया लीला पछाईलाई पक्राउ गरेको हो ।

उनलाई प्रहरीले पोखराको गैह्रापाटनबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए । सोमबार पक्राउ परेकी उनलाई जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढेको शर्माले बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सूर्य दर्शन सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी)सँग मिलेर ३ करोड भन्दा बढी रकम सहकारीबाट आफ्नो खातामा लगि चल अचल सम्पत्ति खरिद गर्न र शेयर कारोबार उनले लगानी गरेकी थिइन् । जिवी राई अहिले सम्म फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालथोकमा बगाएको सडक सञ्चालन गर्न रोशी र घ्याम्पे खोलालाई डाइभर्सन गरिँदै

राधिका बुढाथोकी, कमलामाई। यातायातका साधनले व्यस्त हुने विपी राजमार्ग यतिबेला सुनसान जस्तै छ।

स्याफ्रुबेँसी–रसुवागढी राजमार्ग खुल्यो, सामान बोकेका कन्टेनर गुड्न थाले

रसुवा । पछिल्लो समयको भारी वर्षाका कारण अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी राजमार्ग सञ्चालनमा आएको छ

नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन हुने

मलेखु । गृह मन्त्रालयले दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा त्रिभुवन राजपथको नौबिसे

इमेज सहकारी ठगी प्रकरणः ढोरपाटनका मेयर देवकुमार नेपाली जेल चलान

बागलुङ  । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि जेल चलान भएका