लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकलाई धैर्यताका साथ आफ्नो कर्तव्य निर्वाह गर्न प्रधानसेनापतिको निर्देशन



काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनान र सिरियाको वर्तमान सुरक्षा स्थिति र विविध पक्षबारे शुक्रबार भर्चुअल माध्यमबाट जानकारी लिएका छन् ।

त्यसअवसरमा सिरियाका फोर्स कमान्डर तथा लेवनानका डेपुटी फोर्स कमाण्डर र सिनियर नेशनल अधिकृतले लेबनानको पछिल्लो सुरक्षा स्थिति र विकसित घटनाक्रमबारे प्रधानसेनापतिलाई जानकारी गराएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यसक्रममा प्रधानसेनापति सिग्देलले त्यहाँ तैनाथ नेपाली शान्ति सैनिकलाई सम्बोधन गर्दै आइपर्न सक्ने सम्भावित सुरक्षा चुनौतीहरूको सामना गर्न तयारी अवस्थामा रहँदै धैर्यताका साथ आफ्नो कर्तव्य निर्वाह गर्न निर्देशन दिएको पनि निर्देशनालयले जनाएको छ ।

उनले प्रतिकुल अवस्थामा नेपाली शान्ति सैनिकले देखाएको अनुशासन र कर्तव्यपरायणताको उच्च प्रशंसा गरे । हाल उक्त मिसनहरूमा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको सेनाले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्षद्वारा लुम्बिनी भ्रमण, उपाध्यक्ष लामाद्वारा भव्य स्वागत

  काठमाडौँ ।  श्रीलङ्काका पूर्वराष्ट्रपति गोटावाया राजापाक्षलाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ

नेपालको विकास र समृद्धिप्रति चीन खुसी छः चिनियाँ राजदूत चेन

काठमाडौँ ।  नेपालका लागि चीनका राजदूत चेन सङले नेपालको विकास र समृद्धि देखेर

त्रिभुवन विमानस्थल आसपासको क्षेत्रमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन,

वर्षाका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त

काठमाडौं  ।  बिहीबार बेलुकीदेखि निरन्तर परिरहेको वर्षाका कारण काठमाडाैं उपत्यकाका धेरै स्थानमा पानी