ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्षमा शर्मा निर्वाचित



काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको २९ औँ वार्षिक साधारणसभाले वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट मदनकृष्ण शर्मालाई अध्यक्षमा निर्वाचित गरेको छ ।

शुक्रबार बसेको साधारणसभाले शर्मालाई अध्यक्षमा निर्वाचित गरेको हो । त्यस्तै सभाले कार्यसमिति सदस्यमा सुनिता गुरुङ्ग, लीलाप्रसाद सापकोटा, सुरेन्द्रवीर मालाकार,  सरोजप्रसाद पाण्डे, महेन्द्र नारायण श्रेष्ठ, राजेशकुमार जोेशी, सीता भट्टलाई निर्विरोध निर्वाचित गरेको छ ।

नवनिर्वाचित अध्यक्ष लामो समयसम्म लेखापरीक्षण पेशामा संग्लग्न रहँदै आएका छन् । उनी संस्थाको महासचिव र कार्यसमितिको सदस्यका रुपमा विगत ४ वर्ष क्रियाशील थिए । ९ सदस्यीय कार्यसमितिका उपाध्यक्ष, महासचिव, कोषाध्यक्षको मनोनयन अध्यक्षद्वारा गरिने व्यवस्था संस्थाको विधानमा रहेको छ ।

सभाले संस्थाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ । संस्थाको वार्षिक प्रतिवेदनमा देशमा सदाचार प्रणलीमा सुधार हुन नसकेको उल्लेख गरिएको छ ।

भ्रष्टाचार विरुद्धको राजनीतिक प्रतिवद्धता भाषणमा मात्र सीमित रहेको जनाइएको छ । संघीय लोकतान्त्रिक व्यवस्था नागरिक स्तरसम्म पुगे पनि भ्रष्टाचार नियन्त्रण तर्फमा प्रगति हुन नसकेको उल्लेख गरिएको छ ।

वार्षिक साधारणसभामा नयाँ रणनीतिक योजना कार्यान्वयनमार्फत संस्थाको सक्रियता बढाउनु पर्ने, सहकार्य सशक्त गराउनुपर्ने जस्ता कुरामा जोड दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसवर्षको दसैँको टीकाको उत्तम साइत असोज

जापानको रोजगारीमा नेपाली श्रमिक पठाउने कार्य छिट्टै अघि बढ्ने

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले चाँडै नै औपचारिक

उदयपुरमा आमा छोराको हत्याका अभियुक्त सार्वजनिक

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा छोराको

नागढुङ्गा-नौबीसे-मलेखु-मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति

काठमाडौँ । नागढुङ्गा-नौबीसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन छ बुँदे सहमति भएको छ ।