सशस्त्र प्रहरीको ३० वर्षे सेवा अवधि विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश, कारण देखाउ आदेश जारी



काठमाडौँ । सर्वोच्च अदालतले सशस्त्र प्रहरीको ३० वर्षे सेवा अवधि विवादमा कारण देखाउ आदेश जारी गरेको छ । मंगलबार सर्वोच्चका न्यायाधीश शारङ्गा सुवेदीको इजलासले सशस्त्र प्रहरीका अधिकृतहरूको तर्फबाट दायर भएको रिटमा कारण देखाऊ आदेश जारी गरेको हो ।

त्यस्तै इजलासले विपक्षीसँग लिखित जवाफ माग गरेको छ । यसअघि यस्तै प्रकृतिको नेपाल प्रहरीका अधिकृतहरूको रिटमा अन्तरिम आदेश जारी भएको थियो । त्यसपछि सशस्त्र प्रहरीका तर्फबाट प्रहरी नायब महानिरीक्षक अभिकुमार खत्रीको नेतृत्वमा १२ जनाले रिट दायर गरेका थिए ।

प्रहरी सेवाको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै प्रहरी अधिकृतहरू एकसाथ सर्वोच्च अदालत पुगेका थिए । आगामी भदौ १६ गते अवकाश हुन लागेका प्रहरीहरूले भदौ ५ मा सर्वोच्च अदालतमा ३० वर्षे सेवा अवधि खारेजीको माग गर्दै रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कृषि अनुसन्धानको परिचय बनाउँदै बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्र

दमौली । बन्दीपुरस्थित राष्ट्रिय अनुसन्धान बाख्रा केन्द्र कृषि तथा पशुपालन गर्नेहरूका लाागि अध्ययनस्थलका

मन्त्रालय कुर्दाकुर्दै मदुकुमार….

नारायण गाउँले । यो भ्रष्टाचार र लूट हो कि होइन महोदय ? बागमती

कुन छिमेकीका लागि हो प्रधानमन्त्रीको यस स्तरको कटु भाषा ?

जेपी गुप्ता । प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदै

भोजपुरको अकबरे खुर्सानी तराई हुँदै काठमाडौँसम्म हुन्छ ढुवानी

टक्सार (भोजपुर) । पहाडी जिल्ला भोजपुरका कृषकमा अकवरे खुर्सानीको मोह बढेको छ। पछिल्लो