काठमाडौंमा गरगहना चोरीको अभियोगमा दुईजना पक्राउ



काठमाडौं ।  नेपाल प्रहरीले सुनको गरगहना चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गुल्मी घर भई काठमाडौँको ज्ञानेश्वरस्थित भैरव मार्ग बस्ने राजु नेपालीको कोठाबाट गरगहना चोरी गर्ने जनकपुरका ३८ वर्षीय दीपक खड्का र मकवानपुरका २७ वर्षीय नीरज विकलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले दिउँसोको समयमा घरमा मान्छे नभएको मौका पारेर कोठा फुटाएर गरगहना चोरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेकासँग प्रहरीले सुनको औँठी तीन थान, सुनको सिक्री दुई थान, सुनको टप एक थान, सुनको ब्रास्लेट एक थान, तिलहरी एक थान, पोतेसहितको माला एक थान, चाँदीको पाउजु दुई थान, चोरीमा प्रयोग भएको औजार दुई थान, स्कुटर एक थान र मोबाइल एक थान बरामद गरेको छ।

पक्राउ परेका दुवैजनालाई प्रहरी वृत्त मालीगाउँबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दशैं बिदामा पनि प्रेस काउन्सिलले मिडियाको नियमन गर्ने

काठमाडौं । प्रेस काउन्सिल नेपालले दशैंको बिदामा समेत मिडियाको नियमनलाई निरन्तर दिने भएको

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई सरकारको १५ बुँदे स्पष्टीकरण

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण

गण्डकीमा डेङ्गुबाट सातजनाको मृत्यु

गण्डकी । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी