बंगलादेशमा सरकारविरोधी आन्दोलन थप उग्र बन्दैः नेपालीलाई सुरक्षित रहन र नेपाल फर्किन चाहनेलाई दूतावासमा सम्पर्क गर्न आग्रह



काठमाडौं । बंगलादेशमा सरकार विरुद्धको आन्दोलन चर्किएपछि ढाकास्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपालीलाई आफू बसेको स्थानमा सुरक्षित रहन आग्रह गरेको छ ।

सोमबार सूचना गरी गरी दूतावासले बंगलादेशमा अनिश्चितकालीन कर्फ्यु आदेश भएकाले सुरक्षित रहन आग्रह गरेको हो । दूतावासले भनेको छ, ‘बङ्गलादेशमा जारी कोटा विरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक प्रदर्शनहरु भइरहेको र बङ्गलादेश सरकारबाट हाल अनिश्चितकालीन कर्फ्यु आदेश समेत जारी भएको सन्दर्भमा बङ्गलादेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन अनुरोध छ। बङ्गलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थीहरु नेपाल फर्किसकेको र हाल बाँकी रहेका करिब ४०० विद्यार्थीहरुसहित सम्पूर्ण नेपालीहरु सुरक्षित रहनुभएको र वहाँहरुसँग यस राजदूतावास निरन्तर सम्पर्कमा रहेको छ।’

साथै दूतावासले नेपाल फर्किन चाहने विद्यार्थीहरु तथा सम्पूर्ण नेपालीहरुले दूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भईसकेपछि मात्र यात्रा गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डीआईजी गुरुङ र ढकाललाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले नेपाल प्रहरीका डीआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा

श्रीलंकाको राजदूतमा नेपाली सिफारिस

काठमाडौं । सरकारले श्रीलंकाका लागि नेपाली राजदूतमा पूर्णबहादुर नेपालीलाई सिफारिस गरेको छ ।

११ एयरलाइन्स कम्पनीले बुझाए हवाई भाडादरको विवरण

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर अन्तर्राष्ट्रिय उडान गर्ने ११ एयरलाइन्सले हवाई

राष्ट्र सेवकको तलब समायोजनसम्बन्धी फैसला सर्वोच्चले पुनरावलोकन गर्ने

  काठमाडौँ । सर्वोच्च अदालतमा राष्ट्र सेवकको तलब समायोजनसम्बन्धी पुनः सुनुवाइ हुने भएको