शिक्षा मन्त्रालयद्वारा पूर्वमन्त्री महतोले ५ हजार घुस दिएको विषयमा छानबिन गर्न समिति गठन



काठमाडौँ । शिक्षा मन्त्रालयले पूर्वमन्त्रीले ५ हजार घुस दिएको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । मंगलबार मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता तथा उपमहानिर्देशक बसन्तप्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मन्त्रीस्तरीय निर्णय गर्दै छानबिन गर्न निर्देशन दिएपछि मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।

समितिमा उपसचिव रामप्रसाद शर्मा र शाखा अधिकृत पुष्पा वाग्ले सदस्य छन् । जनता समाजवादीका सांसद एवं पूर्वमन्त्री वीरेन्द्र महतो प्रतिनिधिसभा बैठकमै छोराले भारतीय सीबीएसई कोर्स पढेर नेपालबाट समकक्षता लिँदा पाँच हजार रुपैयाँ घुस दिनुपरेको बताएका थिए ।

उनले ५ हजार घुस दिएपछि मात्रै काम बनेको भन्दै संसदमा प्रश्न उठाएका थिए । छानबिन समितिलाई सात दिनभित्रमा प्रतिवेदन पेस गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार

काठमाडौँ । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा भएको ‘मेची–महाकाली

गौशालामा फुटपाथ मिचेर बनाइएको संरचना भत्काउन महानगरले चलायो डोजर(फोटोफिचर)

काठमाडौं । काठमाडौं महानगरपालिकाको अतिक्रमित संरचना हटाउन गौशालामा डोजर चलाएको छ । गौशाला

आफ्नै पार्टीका सांसद राजेन्द्र बजगाईंविरुद्ध पर्यटनमन्त्री पाण्डेले दिए कांग्रेसको अनुशासन समितिमा उजुरी

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा पठाइदिन्छु भन्दै रकम