काठमाडौं महानगरको छात्रवृत्ति छनोट परीक्षामा ८ हजार १९७ जना विद्यार्थी उत्तीर्ण, पुनर्योगका लागि ३ दिनको म्याद



काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले कक्षा ११ को छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक गरेको छ । छात्रवृत्तिका आवेदक ११ हजार ८७१ जना विद्यार्थीमध्ये ११ हजार २८१ जनाको आवेदन स्वीकृत भएको थियो । विज्ञान विषयका लागि १ हजार ७५७ वटा छात्रवृत्ति कोटा उपलब्ध छ ।

यसका लागि आवेदकको संख्या ८ हजार ४९७ थियो । परीक्षामा ७ हजार ६६५ जना सहभागी भएका थिए । त्यसमध्ये ६ हजार ७२० जना उत्तीर्ण भएका छन् । व्यवस्थापन विषयमा २ हजार ४९३ वटा छात्रवृत्ति कोटा छ । यसका लागि २ हजार ५८१ आवेदकमध्ये २ हजार ५८१ जनाले आवेदन दिएका थिए ।

उनीहरुमध्ये २ हजार ३२८ जनाले परीक्षा दिएका थिए । परीक्षार्थीमध्ये १ हजार ३८१ जना उत्तीर्ण भएका छन् । यस विषयका २ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ ।

कानुन विषयमा १३६ वटा छात्रवृत्ति कोटा छ । यस विषयका लागि १५३ जनाले आवेदन दिएका थिए भने १३२ जनाले परीक्षा दिएका थिए । जसमा ७३ जना उत्तीर्ण भएका छन् । मानविकी विषयमा अध्ययनका लागि १७३ वटा छात्रवृत्ति कोटा छ । यसका लागि १३ जनाले आवेदन दिएकामा ११ जनाले परीक्षा दिएका थिए । यस विषयका लागि ८ जना उत्तीर्ण भएका छन् । शिक्षा विषयका लागि ७० वटा छात्रवृत्ति कोटा छ ।

यसका लागि ३७ आवेदकमध्ये ३२ जनाले परीक्षा दिएका थिए । उनीहरुमध्ये १५ जना उत्तीर्ण भएका छन् । साउन ४ गते भएको परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित अनिवार्य गणित, विज्ञान, अंग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० वटा प्रश्न सोधिएका थिए । योग्यता क्रम निर्धारणका गर्दा उच्च अङ्क प्राप्त गर्नेलाई योग्यताको पहिलो क्रममा राखिएको छ ।

यो अङ्क बराबर प्राप्त भएकाहरुका हकमा एसईईको जिपीएलाई आधार मानिएको छ । जिपीए पनि बराबर भए गणित विषयको अङ्क, त्यो पनि बराबर भए विज्ञान विषयको अङ्क, त्यो पनि बराबर भए अंग्रेजी विषयको अङ्क, त्यो पनि बराबर भए सामान्य ज्ञानको अङ्कलाई योग्यताको सूचक मानिएको थियो ।

यो पनि बराबर भए उमेरमा कनिष्ठ हुनेलाई प्राथमिकता दिइएको थियो । योसम्म पनि बराबर भए छात्रवृत्ति समितिको निर्णय अन्तिम हुने पद्धतिका आधारमा योग्यता क्रम निर्धारण गरिएको शिक्षा अधिकारी गोविन्दप्रसाद शर्माले जानकारी दिए ।

नतिजामा दावी विरोध भएमा प्रमाण पुग्ने कागजातसहित र प्राप्ताङ्कमा चित्त नबुझे वेवसाइटमा उपलब्ध अनसूची ३ बमोजिमको फाराम भरेर साउन १० गते बेलुका ५ बजेभित्र अनलाइनबाटै पुनर्योगका लागि निवेदन दिन सकिनेछ । पुनर्योग र दावी विरोधको अवधि सकिएपछि प्राथमिकता क्रमअनुसारको साधारण र समूहगत म्याचिङ् लिष्ट प्रकाशन हुनेछ । यसको प्राथमिकता भनेको विद्यार्थीले आवेदन दिँदा छनोट गरेको शिक्षण संस्था र विषय हो ।

महानगरपालिकाका प्रमुखको सचिवालय सल्लाहकार सस्मित पोखरेल भन्छिन्, ‘यो सूची कोटा खाली हुन गए, दोस्रो सूचीबाट पूरा गराइनेछ ।

यसबाट पनि सिट खाली हुन गएमा विषय र शिक्षण संस्था परिवर्तन गर्न चाहने विद्यार्थीहरुलाई भर्नाका लागि अवसर दिइनेछ ।’ पोखरेलका अनुसार निर्धारण गरिएका कोटामा विद्यार्थीहरुलाई अवसर दिने गरी नतिजा प्रकाशन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सभिल ठेकेदारका मजदुरहरुको आन्दोलनका कारण राहुघाट जलविद्युत् आयोजना निर्माण प्रभावित

म्याग्दी ।  नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट

सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा लुटपाट गर्ने सात जना पक्राउ

  धरान (सुनसरी) ।  सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा लुटपाट गर्ने सात जनालाई प्रहरीले

आतङ्कवादलगायतका बहुआयमिक चुनौती सामना गर्न इन्टरपोलको सहयोग आवश्यकः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध, आतङ्कवादलगायतका बहुआयमिक चुनौती

धनुषाको मिथिलामा दश जोडीले गरे दाइजोमुक्त सामूहिक अन्तरजातीय विवाह

धनुषाधाम । धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रमममा दश जोडीले सामूहिक विवाह गरेका