बाढी पहिरोबाट एक सय ६३ राष्ट्रिय राजमार्ग प्रभावित



काठमाडौँ । बाढीपहिरो जस्ता मनसुनजन्य विपद्का कारण गएको २४ घण्टामा एक सय ६३ राष्ट्रिय राजमार्गमा प्रभाव परेको छ ।

सडक विभागको तथ्याङ्कअनुसार विपद्का कारण मुलुकभर १६ वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् भने एक सय ४७ राष्ट्रिय राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन् । यस्तै राष्ट्रिय राजमार्गमा पर्ने छवटा पक्की पुलमा अवरोध भई आवतजावतमा बाधा पुगेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाकानुसार बुधबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आगामी शुक्रबारसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै माहाशाखाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विपदको पहिलो उद्धारकर्ता समुदायलाई बनाउने संयन्त्रमा जोड

  काठमाडौँ । ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने

टुलिपबाट हाम्रा नेताले पनि सिक्ने कि ?

नारायण गाउँले । यी हुन् भर्खरै वित्तमन्त्रीबाट राजीनामा दिएकी बेलायती नेतृ टुलिप सिद्दिक

संसद छलेर अध्यादेशबाट सत्ता संचालन नगर्न सरकारलाई विपक्षी दलहरुको चेतावनी

काठमाडौँ । विपक्षी दलहरुको संयुक्त बैठकले संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ

अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’

तनहुँ । व्यास नगरपालिका–१० दुम्सीका पशुपालक किसानले अनुदानको आशा नराखी कृषि उपज बिक्री