चीनको ग्वान्जाओमा नेपालको पर्यटन प्रवर्द्धन



काठमाडौँ ।  छिमेकी मुलुक चीनको सहर ग्वान्जाओमा नेपालको पर्यटन प्रवर्द्धन  गरिएको छ । नेपाल पर्यटन बोर्ड र प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा)ले संयुक्त रूपमा यही मे १६ देखि १८ तारिखसम्म ग्वान्जाओमा आयोजित ३२औँ ग्वान्जाओ इन्टरनेशनल ट्राभल फेयर (जिआइटीएफ)मा सक्रिय सहभागी भइ नेपालको पर्यटन प्रवर्द्धन गरिएको हो ।

नेपालको पर्यटन बजारका लागि चीन भारतपछिको दास्रो ठूलो गन्तव्य हो । साथै चीन विश्वको आउटवाउण्ड टुरिजममा शीर्षस्थानमा रहँदै आएको छ । चीनको कुल आउटबाउण्ड पर्यटकमध्ये एक प्रतिशत मात्रै पनि नेपाल ल्याउन सकियो भने पर्याप्त हुने जानकारहरु बताउँछन् ।

चीनबाट धेरैभन्दा धेरै चिनियाँ पर्यटक नेपालमा आकर्षित गर्न विभिन्न पर्यटन व्यापार मेला आयोजना हुँदै आएका छन् । दुई मुलुकबीच विभिन्न समयमा हुने कूटनीतिक भ्रमण र सांस्कृतिक भ्रमणले पर्यटन, संस्कृतिको माध्यमबाट सम्बन्धलाई थप प्रगाढ बनाइरहेको छ ।

हाल ग्वान्जाओबाट चीनको साउदर्न एयरलाइन्सले हरेक दिन एउटा उडान गरिरहेको छ । आगामी जुन १ देखि दिनमा दुई वटा उडान गर्ने तयारी गरेको छ । नेपाल एयरलाइन्सले पनि कोरोना महामारी अघि तयारी गरे पनि कोरोना महामारीका कारण रोकिएको थियो ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्अनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । जसमा चिनियाँ पर्यटकको सङ्ख्या ६० हजार ८७८ थियो । पछिल्लो समय नेपालले चिनियाँ पर्यटकलाई भिसा शुल्क नलिने घोषणा गरिसकेको छ । गत वैशाख १९ गतेदेखि नेपालीलाई साधारणतर्फ भिसा शुल्क नलाग्ने चिनियाँ राजदूतावासले जनाएको थियो । नेपालले सन् २०१६ देखि नै चिनियाँ नागकिरलाई निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ ।

सन् २०२४ मा चिनियाँ पर्यटक आगमन बढिरहेको छ । बोर्डकाअनुसार गत अप्रिलमा एक लाख ११ तीन सय ७६ विदेशी पर्यटकले नेपाल भ्रमण गरेकामा चीनबाट मात्रै नौ हजार सात सय ५० पर्यटक नेपाल आएका छन् । मार्चमा १२ हजार ९३, फेब्रुअरीमा नौ हजार एक सय ८० र जनवरीमा एक हजार चार सय ३६ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए । कोरोना महामारीपूर्व सन् २०१९ मा एक लाख ६९ हजार पाँच सय ४३ चिनियाँ पर्यटक नेपाल आएका थिए ।

चीनबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्न प्रभावकारी बजारीकरण जरुरी रहेको पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुरेससिंह बुडालले बताए । “चीन संसारको सबैभन्दा ठूलो पर्यटन स्रोतबजार भएको र विभिन्न गन्तव्यहरूले चीनलाई प्राथमिकतामा राखी प्रवद्र्धन तथा आक्रामक बजारीकरण गरिरहेको परिवेशमा नेपालको प्रवर्द्धन प्रभावकारी बनाउन जरुरी छ”, उनले भने ।

नेपालका निजी क्षेत्रका सातवटा पर्यटन तथा हस्पिटालिटी व्यवसायीसहितको सहभागिता रहेको व्यापार मेलामा चीन र अन्य अन्तर्राष्ट्रिय देशबाट ४० हजारभन्दा बढी जनाले सहभागिता जनाएका थिए ।

पर्यटन बोर्डले मे १६ तारिखका दिन स्थानीय अप्रेटर्स तथा सहभागीमाझ नेपालको पर्यटन गन्तव्यबारे प्रस्तुतीकरण गरेको थियो । सोही दिन साँझ आयोजित ‘बायर्स नाइट’ कार्यक्रममा पाटा नेपाल च्याप्टरले चाइना ‘आउटबाउण्ड रिसर्च इन्टिच्युट’बाट पर्यटन प्रवर्द्धनका लागि समग्र भूमिका शीर्षकमा गोल्ड अवार्ड र जिआइटीएफ आयोजकबाट ‘द बेष्ट पार्टनर अवार्ड’ प्राप्त गरेको थियो । सोही अवसरमा नेपाल पर्यटन बोर्डले ‘मोस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेशन अवार्ड’ र जुगल होलिडेजले ‘प्रोडक्ट इन्नोभेसन’ शीर्षकमा गोल्ड अवार्ड प्राप्त गरेको छ ।

मे १७ तारिखमा आयोजित जिआइटीएफ ‘कन्फ्रेन्स’मा पाटा नेपाल च्याप्टरका कार्यसमिति सदस्य लाक्पाफुटी शेर्पा, पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेससिंह बुडाल र पर्यटन बोर्डका अधिकृत कुन्दन शर्माले ‘जलवायु परिवर्तनको परिप्रेक्षमा चिनियाँ पर्यटकहरूका लागि नेपालले प्रदान गर्ने दिगो पर्यटन उपजहरू’ शीर्षकअन्तर्गत समूहगत छलफलमा आमन्त्रित वक्ताको रुपमा सहभागिता जनाएका थिए । उक्त सेशनको सहजीकरण मकाउ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीका प्रोफेसर डा टिमुदी लीले गरेका थिए ।

मेलामा सहभागी नेपाल बिग माउन्टेन ट्राभल कम्पनीका कार्यकारी निर्देशक सुजित रेग्मीले मेलामा नेपाल गन्तव्य प्रवर्द्धनका साथै पर्यटन व्यवसाय प्रवर्द्धनका हिसाबले प्रभावकारी भएको विश्वास व्यक्त गरे ।  डेस्टिनागो टुर्स एण्ड ट्राभल्स प्रालिका कार्यकारी निर्देशक हिम्मत पुरीले महामारीपश्चात पहिलोपटक जिआइटीएफमा नेपालको सहभागिताले चिनियाँ अपरेटर्स र व्यापारसँग पुनः जोडिने अवसर मिलेको बताए ।

होटल हिमालयका महाप्रबन्धक दीपेश केसीले मेलामा नेपालको सहभागिताले चिनियाँ बजारमा प्रवर्द्धन पुनः सुरु गर्न कोसेढुङ्गा भएको बताए । चिनियाँ बजारमा नेपालको प्रवर्द्धनका लागि ‘सिट्रीप’, ‘टिकटक’, ‘विच्याट’ इत्यादिजस्ता विभिन्न अनलाइन प्लेटफर्महरूमा नेपालको डिजिटल उपस्थिति र प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै

गलेश्वर (म्याग्दी) । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्डमा स्तरोन्नतिको

कर्णाली सरकारको पुँजीगत खर्च ३८ प्रतिशत मात्र

कर्णाली । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेटमध्ये जेठ

दुई अर्बले घटेको कर्णालीको बजेटमा के–के परे प्राथमिकतामा ?

कर्णाली । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड

तनहुँको ढाँडखोला निबुस्वाँरामा झोलुङ्गे पुल निर्माण हुँदै

तनहुँ। भानु नगरपालिकाका दुई वडा जोड्ने ढाँडखोला निबुस्वाँरामा एक सय २० मिटर लामो