हिंसाको सहारा लिएर फुटपाथका व्यापारी हटाउनु समाधान होइन



सोविता गौतम ।
सशस्त्र द्वन्द्वको बेला मानिसहरू गाउँ–गाउँबाट सुरक्षा खोज्न, ज्यान जोगाउन काठमाडौंमा स्थानान्तरित भए । काठमाडौंमा अनपेक्षित रूपमा जनसंख्या बढ्यो । रोजीरोटीका अवसरहरू खोजिन थालिए । त्यही बेलादेखि फुटपाथमा सामान राखेर व्यापार गर्ने क्रम बढ्न सुरू भएको देखिन्छ । अहिले पनि नेपालभरबाट मान्छे रोजगारी, शिक्षाको खोजीमा काठमाडौं आउने गर्छन् । बाँच्न र दुई छाक टार्न देशभरिबाट काठमाडौंलाई साहारा बनाएका छन् ।

मानिस र सवारीको चाप बढेसँगै सडक–फुटपाथ व्यवसायीहरूका कारण आवागमनमा असर पुगेको पनि सत्य हो । तर निश्चित समय, निश्चित दिन र निश्चित स्थान तोकेर नियमित निरीक्षणमार्फत हाटबजारको अवधारणा अनुसार व्यवस्थापन गर्न सकिन्छ । देशको सबैभन्दा शक्तिशाली महानगरले व्यवस्थापनको कुनै उपाय नै नभए जसरी कुटपिट गरेर धपाउनु चाहिँ समस्याको समाधान होइन । धरपकड, खोसाखोस, कुटपिटले यसको समाधान दिँदैन । समाधानको विधि यो कुनै हालतमा मान्न सकिँदैन ।

हिंसाको सहारा लिनुको सट्टा, व्यापारीहरूलाई नियमभित्र बाँधेर तिनीहरूको व्यवस्थापन र सहयोग गर्ने प्रणालीहरूको विकास गर्नुपर्छ । कानुनको दायराभित्र रहेर अनुगमन र मार्गदर्शन गर्ने उपायहरू कार्यान्वयन गर्नु महत्त्वपूर्ण छ । फुटपाथबाट आफ्नो र परिवारको पेट पाल्ने कुरा छ। उनीहरूलाई रूवाएर, भोकै राखेर समस्याको समाधान हुँदैन। फुटपाथको समस्या समाधान होला तर अर्को समस्याले जन्म लिन सक्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लेटाङमा व्यावसायिक कफीखेती, एकै वडाका १२० परिवार खेतीमा तल्लीन

बेलबारी । कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका किसान व्यावसायिक

मातृभाषामा विज्ञान खै ?

डा. गोविन्दशरण उपाध्याय । मैले धेरै पटक उठाएको र आफैंले भोगेको कुरा हो–नेपाली

तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै

तेह्रथुम । लालीगुराँस नगरपालिका–३ वसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ (लिम्बू) संस्कृति अध्ययनको

जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला

धरान (सुनसरी) । जाडो याम सुरु भएसँगै यहाँका केही महिलाले भक्का बिक्री सुरु