बुढानीलकण्ठ करियर फेयरमा ६ हजार भन्दाबढीको सहभागिता, सुरक्षा निकायकाबारेमा विद्यार्थीको चासो



काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा बिहीबारदेखि तेश्रो वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला अर्थात् बुढानीलकण्ठ करियर फेयर सुरु भएको छ । मेलाको बागमती प्रदेशका सामाजिक विकस मन्त्रालयका सचिव डा. भीष्म कुमार भुसालले उद्घाटन गरेका छन् । नगरपालिका प्रशासनीक भवन परिसरमा २ दिनसम्म चल्ने मेलामा विभिन्न क्षेत्रका ४२ वटा स्टल छन् ।

बुढानीलकण्ठ नगरपालिकाको आयोजना तथा स्विजरल्याण्ड सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालको प्राविधिक सहयोग एवं समन्वयमा भएको २ दिने मेलाको पहिलो दिनमा भ्रमण अवलोकनमा आएका ६ हजार ३८० जनाले उपस्थिति दर्ता गराएका आयोजकले जनाएको छ । आयोजकका अनुसार १५ हजार भन्दा बढिलाई यस मेलामा सहभागि गराउने लक्ष्य रहेको छ ।

बढी भन्दा बढी बेरोजगार व्यक्तिहरुलाई सिप र तालिम दिने जनाइएको छ । बेरोजगार युवा, गृहीणी महिला तथा एस.ई.ई. र प्लस टु दिएर बसेका विद्यार्थीहरुलाई आवश्यक तालिम र परामर्श प्रदान गर्दै रोजगारीमा स्थानन्तरण गर्ने उद्देश्यका साथ मेला आयोजना भएको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख ललित विक्रम सिंहले जानकारी दिए ।

उद्घाटन कार्यक्रमको अध्यक्षता नगरपालिका सामाजिक विकास समिति संयोजक शान्ता ढकाल पुडासैनीले गरेकी थिइन् भने प्रमुख अतिथीको रुपमा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव डा. भीष्म कुमार भुसाल उपस्थित थिए ।

यस्तै अतिथिमा प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्याल, दिगो सम्मानित रोजगारीका लागी सिप परियोजनाका डेपुटी टिम लिडर कञ्चन तामाङ, नगरपालिकाका सम्पूर्ण वडाका वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य लगायत नगरपालिका महाशाखा÷शाखा प्रमुख, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक र नगरपालिका कर्मचारीहरुको उपस्थिति रहेको थियो । मेलामा ३ किसिमका सहभागीहरु आएका छन् ।

जसमा, “बेरोजगार व्यक्ति, युवा र गृहीणी महिला”, “क्षमता विकास तथा सिपमुलक तालिम दिने संस्था” र “रोजगारदाता संघ–संस्था तथा कम्पनी” । कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि डा. भिष्मकुमार भुषालले वृत्ति र रोजगारीको खोजिमा अलमलिरहेका युवा जमातको लागी निकै महत्वपुर्ण कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिए ।

नगरप्रवक्ता नवराज भट्टराईले मेलाको पहिलो दिन नै ६ हजार पाँचसय भन्दा बढी युवाहरु मेलामा सहभागी भएका जानकारी दिए । उनले दुईदिन संचालन हुने मेलामा नगरले आँकलन गरेका भन्दा धेरै युवाहरुले सहभागिता जनाएका बताए ।

यस मेलामार्फत नगरपालिकामा स्वरोजगारीको अवसरहरु सिर्जना गर्दै युवालाई वैदिशिक रोजगारीमा पठाउनु भन्दा स्वदेशमै उद्यमी तथा स्वरोजगार बन्न सक्ने सम्भावनाहरु मार्ग निर्देशन गर्ने र आवश्यकता अनुसार स्थानीय सरकारबाट उनिहरुको क्षमता अभिवृद्धि गर्ने अथवा विँउ पुँजी रकम सहयोग गर्ने बताए ।

आफ्नो व्यस्तताका कारण उद्घाटन कार्यक्रममा उपस्थित नहुनुभएका नगर प्रमुख मिठाराम अधिकारी र अनिता लामाले दिउँसो मेलाको अवलोकन भ्रमण गरी विद्यार्थी र स्टल संचालकहरु संग अन्तरक्रिया गरेका थिए ।

नगरप्रमुख मिठाराम अधिकारीले विदेशिएका युवालाई देशमै केही गरौं भन्ने जनचेतना दिन कार्यक्रम आयोजना गरिएको बताए । उनले युवाहरु पढ्ने वा रोजगारीमा विदेश जाँदा ठूलो मात्रामा देशको आर्थिक हिस्सा विदेशिएको बताए । जसका कारण पनि देशमा आर्थिक संकट आएको उनको भनाई छ ।

उनले भने,“देश छोडेका युवा विदेशमै पलायन हुने भएकाले देशमा विभिन्न समस्या भएको छ । पढ्न भनेर गएका युवाहरु नेपालमै फिर्किएर नयाँ काम गरेका छैनन् । त्यसैले युवालाई देशमै केही गर्न सकिन्छ र केही गर्नुपर्छ भन्नेर उत्प्रेरणा दिन पनि नगरले कार्यक्रम आयोजना गरेको हो ।”

नगर उपप्रमुख अनिता लामाले नगरका युवालाई स्वरोजगार प्रदान गर्न र युवा शक्तिलाई देशमै रोजगारी उपलब्ध गराउने उद्देश्यले कार्यक्रम गरिएको बताइन् । उनले ज्ञान, सीप, क्षमता भएका सम्भावना बोकेका युवालाई नयाँ कामको खोजी गर्न मेलाबाट सहज हुने धारणा राखिन् । उपप्रमुख लामाले नगरको आ.व. ०८0/८१ को नीति कार्यक्रममा पहिला शिक्षालाई प्रथामिकता दिने र दोस्रो स्वरोजगारका समस्या समाधानका मागलाई सम्बोधन गर्ने तयारी गरेको बताइन् ।

मेलामा ४२ भन्दा बढी रोजगार प्रदायक र सिपमुलक तालिम तथा परामर्श दिने संघ संस्थाहरुले स्टल राखिएका छन् । सम्पुर्ण स्टलहरुको व्यवस्थापन निःशुल्क गरिएको छ । साथै मेलामा प्रवेश शुल्क पनि निःशुल्क छ ।

मेला अवलोकन गर्न आएका विद्यार्थीहरुलाई नगरपालिकाको सभाहलमा ‘मेरो भविष्य’ सम्बन्धित विषय विज्ञहरुले सामुहिक परामर्श दिएका थिए ।

अवलोकनमा आएका विद्यार्थी, युवा तथा गृहिणी महिलाहरुले सिप सिकाउने संस्था लगायत रोजगारदाताहरुसँग प्रत्यक्ष संवाद गरेका थिए । सहभागीहरुले यस मेलाबाट वृत्ति विकास सम्बन्धी परामर्श पाएकोमा र संस्थाहरु सँग प्रत्यक्ष संवाद गर्न पाउएकोमा खुसी व्यक्त गरेका छन् । अधिकांशले तालिम प्रदायक संस्थामा तालिमका लागी फारम भरेका छन् भने रोजगारीमा ईच्छा देखाएकाहरुलाई केही संस्थाले रोजगारी समेत प्रदान गर्ने प्रतिवद्धता जनाएका थिए ।

मेलामा डिक्यानको पनि सहभागिता रहेको थियो । मेलामा आएका विद्यार्थीहरुले सुरक्षा निकायकाबारेमा निकै चासो राखे थिए । डिक्यानको यो तेस्रो पटकको सहभागिता हो । कार्यक्रममा डिक्यानका तर्फबाट नेपाल प्रहरीबाट अवकाश प्राप्त प्रहरी नायब उपरीक्षक हिरा गिरीले कदर पत्र ग्रहण गरेका थिए ।

नगरपालिकाको अनुसार आर्थिक वर्ष २०७८/७९ मा बुढानीलकण्ठ नगरपालिकाले उपत्यकामै पहिलो पटक यस मेलाको सुरुवात गरेको थियो । उक्त मेलामा २५६० जनाले उपस्थिति दर्ता गराएका थिए । जसमध्ये १५७० जनाले प्रत्यक्ष परामर्श पाएको नगरपालिकाको अभिलेखमा उल्लेख छ ।

यस्तै, यसको दोश्रो संस्करणमा १०४८० जनाले उपस्थिति दर्ता गराएका थिए । जसमध्य ५०४० जनाले प्रत्यक्ष परामर्श पाएको र १७ जनाले रोजगारी समेत प्राप्त गरेका थिए । यस तेश्रो संस्करणमा करिब १५ हजार जनाले अवलोकन भ्रमण गर्ने आयोजकले अपेक्षा राखेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

गुल्मी । कालीगण्डकी गाउँपालिका–२ अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६०

अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण

लमजुङ । लमजुङ दरबार बजेट अभावले पुन निर्माण अझै सम्पन्न हुन सकेको छैन

तनहुँमा ४२ करोड ५० लाखको सुन्तला बिक्री

दमौली (तनहुँ) । तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट गरी  ४२ करोड ५०

१२ किलोको काउली फलाएका खत्री भन्छन्– विदेश जाने सोच आएन

बागलुङ। बागलुङ नगरपालिका– ९ तित्याङ थापाथरका पदम खत्रीले १२ केजीको काउली फलाएका छन्