प्रहरी अस्पतालका स्वास्थ्यकर्मीलाई सेवा प्रवाहको गुणस्तर बृद्धि गर्न महानिरीक्षक कुँवरको निर्देशन



 

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी अस्पतालको छवि, साख, विश्वास एवं प्रवाह गर्ने सेवाको गुणस्तर अभिवृद्धि गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा बिहीबार आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीलगायत प्रहरी कर्मचारीलाई सेवा प्रवाहको गुणस्तर बृद्धि गर्न निर्देशन दिएका हुन् ।

प्रहरी महानिरीक्षक कुँवरले अस्पतालमा आउने सेवाग्राहीको आशा र समस्यालाई सम्बोधन गर्दै अझ शिष्ट बोलीवचन एवं व्यवहार तथा सकारात्मक सोचका साथ सेवाग्राहीलाई भावनात्मकरूपमा महसुस हुने गरी सेवा प्रवाह गर्न उपस्थित प्रहरी अधिकृतलाई निर्देशन दिए ।

अस्पतालले प्रदान गर्ने गुणस्तरीय सेवा प्रवाह एवं सेवाग्राहीको गुनासो व्यवस्थापनमा अस्पताल प्रशासनले अझै प्रवाभकारी भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।
प्रहरी महानिरीक्षक कुँवरले सीमित स्रोत साधनको समुचित प्रयोग गरेर व्यक्तिगत स्वार्थभन्दा पनि पेसागत स्वार्थलाई केन्द्रविन्दुमा राखेर कार्यसम्पादन गर्नुपर्ने बताए ।

कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले अस्पतालको विकास र सेवा विस्तारका लागि सङ्गठन प्रमुखबाट प्राप्त महत्वपूर्ण निर्देशनलाई पालना गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
समाजमा सुशासन स्थापना गर्ने प्रवृत्ति

-डा. लछी सिंह सर्वप्रथम म समाज शब्दको उत्पति कहाँ र कहिलेबाट भएको प्रष्ट

नारायणघाट-बुटवल सडक विस्तारले लियो गति, पूर्वीखण्डको १८ स्थानमा कालोपत्र हुँदै

नवलपुर (नवलपरासी) । राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ

हनुमानढोकाको नासल चोकमा राष्ट्रपति, उपराष्ट्रपतिलगायतद्वारा वसन्त श्रवण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीका अवसरमा वसन्त श्रवण गरेका छन् ।