बीपी प्रतिष्ठान धरानका उपकुलपतिलाई उपस्थित गराईदिन भन्दै स्वास्थ्यमन्त्रीलाई हर्क साम्पाङको पत्र



काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु उपकुलपति प्राडा प्रह्लाद कार्कीलाई उपस्थित गराइदिन भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलाई पत्र लेखेका छन् ।

कार्कीले कार्यकारिणी समितको बैठक डाक्न नसकेको, शिक्षक, कर्मचारी, चिकित्सकका माग सम्बोधन गर्नुपर्नेमा लुकिछिपी बसेको मेयर साम्पाङले स्वास्थ्यमन्त्रीलाई पत्र लेखेका हुन् ।

कार्कीले हाल आफू नभएको अवस्थामा प्रतिष्ठानको अख्तियारी पाएका कामु उपकुलपतिको सम्पूर्ण अधिकारी फिर्ता लिएको तथा आफू अनुकूलका व्यक्ति तयार गर्न प्रतिष्ठानका ११ विभागीय प्रमुखलाई पनि जिम्मेवारीबाट हटाउनेजस्ता अराजक गतिविध गरेको मेयर सम्पाङको भनाइ छ।

पत्रमा भनिएको छ, ‘प्रतिष्ठानमा हाल दिनहुँ आन्दोलन भइ स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा ओपीडी बन्द भइ बिरामीको उपचार प्रभावित भएको, प्रतिष्ठानमा हुँदै गरेको पठनपाठन र परीक्षा समेत ठप्प भइरहेको हुँदा तत्काल प्रतिष्ठानको कामय मुकायम उपकुलपति प्राडा प्रह्लाद कार्कीलाई तुरुन्त उपस्थित गराइ हाल देखिएको समस्याको हलका लागि आफ्नो जिम्मेवारी सम्हाली अस्पताललाई निकास दिनका लागि आवश्यक कारबाही अघि बढाइदिन अनुरोध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भोजपुरको टक्सारस्थित सरस्वती गुफा ओझेलमा

  भोजपुर । श्रीपञ्चमीका दिन मुलुकभरका सरस्वती मन्दिरमा भीड बढिरहँदा सदरमुकाम नजिकै रहेको

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट दुई पोथी गैँडा पूर्वी सेक्टरमा स्थानान्तरण

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट दुई पोथी गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण

झापामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

  झापा । पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–१ जुके कल्भर्टमा सोमबार बिहान सवारी दुर्घटनामा

काठमाडौँका विभिन्न स्थानमा आठ दिनसम्म विद्युत् अवरुद्ध हुने

काठमाडौँ। आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने भएको छ । नेपाल