त्रिभुवन विश्वविद्यालयबाट १२ हजार विद्यार्थी दीक्षित



 

काठमाडौँ  ।  त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा सोमबार विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट विद्यार्थीहरु दीक्षित भएका हुन् ।

त्रिविको ६१औँ ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए । निवेदन दिएकामध्ये स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ एक सय १२ विद्यार्थी दीक्षित भएका हुन् ।

विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्रा डा शिवलाल भुसालले विसं २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन पाउने व्यवस्था गरिएको जानकारी दिए ।

गत वर्ष १० हजार तीन सय विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए । उनले उत्तीर्ण विद्यार्थीलाई स्वदेशमै रोजगारीसहित टिकाउने चुनौती देखिएको स्थितिमा विश्वविद्यालयले शिक्षासँगै उद्यमशीलता अपनाउने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
समाजवाद निर्माणको समय तोकेर जिम्मेवारी दिइयोस्, म पूरा गर्छुः वामदेव गौतम

काठमाडौँ । राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले अध्यादेश जारी गर्दा सरकारले प्रतिपक्षलाई पनि

राष्ट्रियसभाका सांसद भट्ट बैठक चलिरहेका बेला एक्कासी बिरामी परेपछि..

  काठमाडौँ । राष्ट्रियसभा सदस्य नारायणदत्त भट्ट सभा सञ्चलान भइरहेका बेला अस्वस्थ भएका

आपराधिक गतिविधिमा संलग्न ११ जना पक्राउ

काठमाडौँ। आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा देशका विभिन्न भागबाट ११ जना पक्राउ परेका

घुससहित पक्राउ परेका किताबखानाका शाखा अधिकृत प्रसाईंसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय किताबखाना (शिक्षक) छाउनी, काठमाडौंमा कार्यरत शाखा