सीमा सुरक्षाबारे सुझाव माग्दै सशस्त्र प्रहरी



 

काठमाडौँ ।  सीमा सुरक्षा तथा सीमावर्ती राजस्व चुहावट नियन्त्रणका विषयमा सशस्त्र प्रहरी बल नेपालले पूर्वअधिकृतहरुसँग सुझाव लिन थालेको छ ।

सशस्त्र प्रहरी बल नेपालले सङ्गठनका बहालवाला तथा अवकाश प्राप्त वरिष्ठ अधिकृतहरु बीचमा सशस्त्र प्रहरी बल नेपालको कार्यादेश तथा वर्तमान सुरक्षा अवस्था बारेमा छलफल गरी सुझाव लिन थालेको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सङ्गठनको लक्ष्य प्राप्तिमा यस प्रकारका छलफल महत्वपूर्ण र फलदायी रहने उल्लेख गर्दै प्राप्त सुझाव, सल्लाह तथा रचनात्मक सहयोग सङ्गठनको वृत्तिविकासका लागि मार्गदर्शकसमेत हुने बताए ।

सुझाव सङ्कलनमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेत, किशोरकुमार लामा, शैलेन्द्रकुमार श्रेष्ठ, कोषराज वन्त, सिहंबहादुर श्रेष्ठ र पुष्पराम केसी सहभागी थिए ।

उनीहरुले समयानुकूल सीमा सुरक्षाका चुनौती पनि बदलिँदै जाने भएकाले त्यसैअनुरुप लाग्नुपर्ने सुझाव दिएका छन् । शुक्रबारबाट सुरु  सुझाव लिने कार्यक्रम आगामी दिनमा पनि जारी राख्ने सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले सङ्गठनको उद्देश्य हासिल गर्न यस्ता कार्यक्रम जरुरी रहेको बताए ।

सीमा सुरक्षामा स्थानीय जनतासँगको सहकार्य महत्वपूर्ण हुने भएकाले सङ्गठनले सीमावासीसँग सहकार्य गर्ने कार्यको थालनी गर्नु अत्यन्त महत्वपूर्ण भएको उनहरुको भनाइ थियो ।

कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, नायव महानिरीक्षकहरुले पनि सीमा सुरक्षा र सङ्गठनको बृहत्तर हितका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

सो अवसरमा सीमा सुरक्षा, मानवस्रोत तथा कार्यविभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु क्रमशः नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम तथा वंशीराज दाहाललगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मकवानपुरमा रुखले च्यापिँदा बालकको मृत्यु

  बागमती । मकवानपुरमा रुख ढाल्ने क्रममा च्यापिएर एक बालकको ज्यान गएको छ

भक्तपुरमा बाल अदालत गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले भक्तपुरमा बाल अदालत गठन गर्ने निर्णय गरेको छ । यही

संसदीय समितिमा छलफलमा रहेको विधेयक फिर्ता नलिइ अध्यादेश ल्याउने सरकारको प्रक्रिया गलतः सांसद पाण्डे

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले संसद्को समितिमा छलफलमा

सत्तामा रहँदा एउटा कुरा र प्रतिपक्षमा हुँदा अर्को कुरा बोल्नु उपयुक्त होइनः नेता सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सहमति, सहकार्य र एकताको भावनाले मात्र