‘विधिको शासनको रट लगाएर नथाक्ने नेपाली कांग्रेसका मन्त्रीको यो हर्कतबाट लोकतन्त्र लजाएको छ’



काठमाडौँ । वीर अस्पतालको निर्देशकबाट हटाइएका डा सन्तोष पौडेल स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको कदमबाट आक्रोसित भएका छन् । पौडेलले आफूलाई राजनीतिक आस्थाका आधारमा स्वास्थ्यमन्त्रीले पदबाट हटाएको भन्दै आक्रोसित भएका हुन् । उनले स्वास्थ्यमन्त्रीको कदमबाट लोकतन्त्र पनि लजाएको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्, ‘विधिको शासनको रट लगाएर नथाक्ने नेपाली कांग्रेसका मन्त्रीको यो हर्कतबाट ‘लोकतन्त्र लजाएको छ !’ पौडेलले आफू दुई वर्षको अवधि तोकेर नियुक्ति पाएको तर राजनीतिक आस्थाको आधारमा निर्देशकबाट हटाइएको र एक जना हाडजोर्नीको विशेषज्ञ सर्जनलाई मन्त्रालयमा तानेर मन्त्रीले ‘हर्कत’ देखाएको बताएका छन् ।

उनले भनेका छन्, ‘अधिनायक तत्कालिन राजा ज्ञानेन्द्र शाहले शेरबहादुर देउवालाई प्रधानमन्त्रीबाट हटाउँदा ‘निर्वाचन गराउन नसकेको, ‘अक्षम’ भन्ने आरोप लगाएर हटाएको इतिहास छ ! दुई वर्षको अवधि तोकी नियुक्ति पाएको मलाई त राजनीतिक आस्थाका आधारमा निर्देशकबाट हटाएको मात्र हैन हाडजोर्नीको विशेषज्ञ सर्जनलाई मन्त्रालयमा तानियो ? यो राणा शासन भन्दा कडा अधिनयकबाद हो !’

पौडेललाई गतवर्ष माघमा तत्कालीन स्वास्थ्यमन्त्री पदम गिरीको पालामा वीर अस्पतालको निर्देशक नियुक्त गरिएको थियो । निर्देशक नियुक्त भएदेखि नै अस्पताल सुधार अभियानमा लागेका पौडेलको पालामा वीरको सेवा प्रवाहमा उल्लेख्य सुधार भएको बताइएको छ । तर स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको ठाडो आदेशमा पौडेललाई निर्देशकबाट हटाएर मन्त्रालयमा तानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलायत पठाइदिने भन्दै युवाहरुसँग ३७ लाख ५० हजार ठगी गरी फरार भएका व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा बेलायत पठाइदिने भन्दै युवाहरुलाई ठगी गरेको अभियोगमा एकजना पक्राउ

फागुन १२ गतेदेखि माओवादीले जनतासँग माओवादी अभियान संचालन गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले फागुन १२ गतेबाट जनतासँग माओवादी अभियान सुरु गर्ने

सामाजिक सञ्जाल कम्पनीहरुलाई नेपालमा दर्ता गर्न सरकारको आग्रह, दर्ता नगरे प्रतिबन्ध लाग्न सक्ने

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल कम्पनीलाई नेपालमा दर्ता हुन आग्रह गरेको छ

माओवादी पदाधिकारी बैठकद्वारा नेताहरुको कार्यविभाजन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले नेताहरूको कार्यविभाजन गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल