एनआरएनएको नयाँ नेतृत्वले सम्हाल्यो कार्यभार



काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वले शनिबारदेखि कार्यभार सम्हालेको छ । कार्यभार सम्हालेपछि नवनिर्वाचित अध्यक्ष डा बद्री केसीको अध्यक्षतामा पदाधिकारीको पहिलो बैठक भएको थियो ।

यद्यपि बैठकका निर्णय सार्वजनिक गरिएको छैन । त्यसअघि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन समितिले नयाँ नेतृत्वलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेर पद तथा गोपनीयताको शपथ गराएको थियो ।

सूचना प्रविधिसम्बन्धी अडिट गर्ने अन्तर्राष्ट्रिय संस्थाबाट निर्वाचन विवाद अडिट गराइ प्राप्त हुने प्रतिवेदनलाई आफूहरुले स्वीकार गर्ने नवनिर्वाचि अध्यक्ष केसीले बताए । अध्यक्ष केसीको यो प्रतिबद्धतासँगै निर्वाचनसम्बन्धी विवाद निरुपण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सकियो चतराधाममा पूर्ण महाकुम्भ मेला

सुन्दरहरैँचा (मोरङ) । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित प्राचीन हरिद्वार चतराधाममा बाह्रवर्षे पिण्डेश्वर पूर्ण

गण्डकी सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा अन्तरिम आदेश जारी गरेको छ

विदेश पठाइदिने बहानामा साढे पाँच करोड ठगी गर्ने गिरोह पक्राउ

  काठमाडौँ ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध बाटोबाट अमेरिका तथा

खोटाङमा ‘रक क्लाइम्बिङ’ गर्नेक्रममा लडेका युवकको उपचारका क्रममा मृत्यु

खोटाङ । साहसिक खेल भनेर चिनिने चट्टान आरोहण (रक क्लाइम्बिङ) गर्नेक्रममा दिप्रुङ चुइचुम्मा