विद्यालय शिक्षा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत



काठमाडौं । विद्यालय शिक्षा विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । सांसदहरूले विधेयकमाथि सैद्धान्तिक छलफलमा उठाएका प्रश्नको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले आइतबार जवाफ दिएका थिए ।

मन्त्री राईले विधेयक स्वीकृत गरेर दफावार छलफल गरी छिटो पारित गर्ने दिशातिर संसद जानुपर्ने बताएका थिए । सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्दा सर्वसम्मतिले स्वीकृत भएको हो ।

प्रतिनिधिसभा नियमावलीको नियम ११२ अनुसार विधेयकमाथि ७२ घन्टाभित्र संशोधन दिन सकिनेछ । सभामुख घिमिरेले विधेयक शाखामा संशोधन पेश गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टिपरको ठक्करबाट तनहुँमा आमाको मृत्यु, छोरा घाइते

  तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा आइतबार टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा

कञ्चनपुरमा पाटेबाघ मृत फेला

कञ्चनपुर । बेलडाँडी गाउँपालिका–५ स्थित किसान मध्यवर्ती सामुदायिक वनमा आइतबार पाटेबाघ मृत फेला

उमागौरी कृषि सहकारीका अध्यक्ष रौनियारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

विराटनगर । जिल्ला अदालत मोरङले उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियारलाई पुर्पक्षका

वैदेशिक अध्ययन गर्न जाँदा ६ महिनामा विद्यार्थीले लगे ५६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा