सुन तस्करीका विषयमा कुनै तथ्य प्रमाण, सूचना भए सहयोग गर्न सीआईबीको अनुरोध
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करी प्रकरणका विषयमा कुनै तथ्य प्रमाण, सूचना भए ब्यूरोमा पठाएर सहयोग गर्न अनुरोध गरेको छ ।
ब्यूरोले सूचना जारी गरी सूचना, तथ्य वा प्रमाण यस कार्यालयमा प्रत्यक्ष रूपमा आई उपलब्ध गराउन वा इमेलमार्फत पनि पठाउन सकिने बताए । सूचनाले अपराध अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको हो ।
यसरी प्राप्त भएको जानकारी वा सूचनाको श्रोत गोप्य रहने पनि ब्यूरोले जनाएको छ । सीआईबीले एक महिना अघि भन्सार छली ल्याइएको सुनको सुक्ष्म रूपमा अनुसन्धान गरिरहेको जनाइएको छ ।