सरकारले गर्यो एआईजीहरुको सरुवा



काठमाडौं । सरकारले नेपाल प्रहरीका एआईजीहरूको सरुवा गरेको छ । शुक्रबार बसेको  मन्त्रिपरिषद बैठकले एआईजीहरुको सरुवा गरेको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट श्याम ज्ञवालीलाई हटाएर कार्य विभागमा सरुवा गरिएको छ । ज्ञवालीको ठाउँमा एआईजी दीपक थापालाई दिइएको छ ।

दीपक थापाको ठाउँमा एआईजी मिरा चौधरीलाई जिम्मा दिइएको छ । यस्तै प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सन्दीप भण्डारीको सरुवा गरिएको छ । त्यस्तै मानव स्रोत विभागमा टेकबहादुर राईको सरुवा भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उपत्यका अपराध अनुसन्धान कार्यालयले दोस्रो चरणको अनुसन्धान अघि बढाउन लागेका बेला एआईजीहरुको सरुवा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मकवानपुरमा रुखले च्यापिँदा बालकको मृत्यु

  बागमती । मकवानपुरमा रुख ढाल्ने क्रममा च्यापिएर एक बालकको ज्यान गएको छ

फेरि बढ्यो इन्धनको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शुक्रबार

भक्तपुरमा बाल अदालत गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले भक्तपुरमा बाल अदालत गठन गर्ने निर्णय गरेको छ । यही

संसदीय समितिमा छलफलमा रहेको विधेयक फिर्ता नलिइ अध्यादेश ल्याउने सरकारको प्रक्रिया गलतः सांसद पाण्डे

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले संसद्को समितिमा छलफलमा