डेङ्गुका विरामीको उपचारका लागि भरतपुर अस्पतालमा ‘र्यापिड रेस्पोन्स टिम’ तयार



भरतपुर । चितवनको भरतपुर अस्पतालले डेङ्गु रोगले प्रकोपको रूप लिन सक्ने भन्दै संयन्त्र तयार पारेको छ । अस्पतालले डेङ्गु सङ्क्रमितको उपचारलाई सहज बनाउन ‘र्यापिड रेस्पोन्स टिम’ तयार पारेको हो । अस्पतालका प्रवक्ता एवं वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा गोविन्द कँडेल, फिजिसियन डा सुनिल पौडेल, नर्सिङ अधिकृत, प्रयोगशाला प्रमुख, स्टोर र प्रशासनको प्रतिनिधि रहेको टिम तयार गरिएको छ ।

प्रवक्ता कँडेलले देशका विभिन्न भागमा डेङ्गु ज्वरोको प्रकोप फैलिएसँगै चितवन र आसपासका जिल्लामा सजगता अपनाउन जरुरी रहेको भन्दै डेङ्गुका बिरामी आएमा तत्काल उपचारको प्रबन्ध गर्न टिम बनाइएको बताए ।

उनका अनुसार आकस्मिक कक्षमा एक जना डेङ्गु सङ्क्रमितलाई हेर्ने गरी व्यवस्था गरिएको छ । डेङ्गु सङ्क्रमित फेला परेमा तत्काल उक्त स्थान आसपासमा रोग फैलिन नदिन स्थानीय टोल विकास संस्था, स्वास्थ्य स्वयंसेविका, वडा कार्यालय र स्थानीय तहलाई नियन्त्रणका उपाय अपनाउन उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको तोलीजैसी केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । दैलेख जिल्लाको तोलीजैसी केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प

८४ मा ६४ भन्दा राम्रो जनमत प्राप्त गर्ने हो भने देशबाट भ्रष्टाचारको जरोकिलो उखेलेर फाल्छौंः प्रचण्ड

म्याग्दी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई आफ्नै वर्ग र

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले २०८२ साल जेठ पहिलो साता काठमाडौंमा सगरमाथा संबाद आयोजना गर्ने

मक्कुम्लुङ क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर भइरहेका गतिविधिप्रति निजीक्षेत्रको आपत्ति, बन्द हड्ताल रोक्न आग्रह

काठमाडौं । नेपालका निजी क्षेत्रका तीनवटा संस्थाले पाथिभरा (मक्कुम्लुङ) क्षेत्रको पर्यटन विकास तथा