काठमाडौंमा डेंगुको संक्रमण बढ्दै, सचेत रहन महानगरको आग्रह



 

काठमाडौं । नियमित पानी परेसँगै डेङ्गी सङ्क्रमित बढ्न थालेको भन्दै काठमाडौँ महानगरपालिकाले थप सचेत रहन आग्रह गरेको छ । अहिलेसम्ममा कामपामा दश जनामा सङ्क्रमण देखिएको भन्दै कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले नियमित पानी परेकाले आगामी दिनमा सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने भन्दै सचेत रहन सबैलाई आग्रह गरेका छन् ।

अघिल्लो हप्तासम्म यस रोग नियन्त्रणका लागि हप्तामा एक पटकमात्र लार्भा खोज र नष्ट गर अभियान सुरु गरेको कामपाले अहिले हरेक दिन यस्ता किसिमका कार्यक्रम गरिरहेको जनाएको छ । अहिले विभिन्न सङ्घसस्था र कामपाको संयुक्त रुपमा पानी जमेको स्थानको खोजी गर्ने र उक्त स्थानमा रहको लामखुट्टेलाई नष्ट गर्ने काम गरिरहेको विभागका प्रमुख पौडेलले जानकारी दिए ।

नियन्त्रणकै लागि कामपाले विभिन्न किसिमका अभियानलाई तीव्रता दिइरहेको छ । कोही सङ्क्रमित भइहाले वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत सिटामोल र जीवनजलको सहज उपलब्ध गराइएको पनि उनले जानकारी दिए । कामपा–१, ७, ८, १४, १९ र २६ स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन भइरहेको छ ।  सरसफाइमा काम गर्ने कर्मचारीहरु र स्वास्थ्य स्वयम्सेवीका मार्फत नियन्त्रणका लागि निगरानी बढाइरहेको  प्रमुख पौडेलले बताए ।

विगतका वर्षमा जस्तै यस वर्ष पनि उक्त सङ्क्रमण थप फैलन सक्ने भएकाले समयमा नै रोकथाम तथा नियन्त्रण गर्न लागेको पौडेलले बताए । उनका अनुसार उक्त कार्य गर्न नगर प्रहरीमार्फत टोलटोलमा डेङ्गीबाट बच्ने सन्देशसहित माइकिङ गर्ने, प्रचारप्रसार गर्ने तथा वडास्तरमा गठन भएको द्रुत प्रतिकार्य टोलीसमेत परिचालन भएका छन् ।

सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र क्लिनिकमा कार्यरत स्वास्थयकर्मी, स्वास्थ्य स्वयम्सेविका, सरसफाइमा काम गर्ने सरसफाइकर्मीले आ˗आफ्नो टोलटोलमा गई पानी जमेको स्थानमा कुचो वा अन्य साधनको प्रयोग गरी पानी हटाउने, वर्कशप तथा टायर लगायतमा पानी जम्न नदिने काम भइरहेको छ ।

एडिस जातिका पोथी लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगका विरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता लक्षणहरू देखापर्दछ । टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशीहरू दुख्ने, शरीरमा विविरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने यसको मुख्य लक्षण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छः स्वास्थ्यमन्त्री पौडेल

  भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले

गैँडा स्थानान्तरणको काम सकियो

चितवन ।  चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट चार वटा गैँडा स्थानान्तरणसँगै यस वर्षका

पेट्रोलबाट चल्ने भन्दा डिजेलबाट चल्ने सवारीसाधनबाट बढी प्रदुषण

काठमाडौँ । सडकमा गुडिरहेका ५९९ वटा सवारी साधन परीक्षण गर्दा ३४५ वटाको धुँवा

दैलेखको तोलीजैसी केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । दैलेख जिल्लाको तोलीजैसी केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प