हिमालयन ह्वाइटहाउस कलेज र एसीसीएबीच सम्झौता
काठमाडौँ । काठमाडौँको पुतलीसडकस्थित हिमालयन ह्वाइटहाउस इन्टस्नेशनल कलेज र एसीसीए नेपालबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेज पुतलीसडकमा आयोजित विशेष समारोहकाबीच कलेजकातर्फबाट प्रिन्सिपल प्राध्यापक तोयानारायण पौडेल र एसीसीए नेपालकातर्फबाट एसीसीए नेपाल प्रमुख रविन कट्वालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरु र विभागीय प्रमुखहरु उपास्थित कार्यक्रममा कलेजका प्रिन्सिपल प्राध्यपक तोयानारायण पौडेल र एसीसीए नेपाल प्रमुख रविन कट्वालले सम्बोधन गर्दै सम्झौता पत्रमा उल्लेखित बुँदाहरुलाई अक्षरसः कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेज पूर्वाञ्चल विश्वविद्यालयको सम्वन्धनमा संचालित नेपालकै एक प्रतिष्ठित कलेज हो । जसअन्तर्गत व्यवस्थापन संकायमा MBA, EMBA,BBA र BHM कार्यक्रमहरु संचालित छन् । एसीसीए बेलायतको एसोशियसन अफ चार्टर्द सर्टिफाएट एकाउन्टेन्सीद्वारा संचालित चार्टर्ड एकाउन्टेन्सी कोर्स हो । विश्वका एक सय असी देशमा पढाई हुने यो कोर्ष विश्वभरी सर्वाधिक लोकप्रिय ठानिन्छ ।