पेट्रोलियम पदार्थको मूल्य नबढ्ने



काठमाडौं । सरकारले तत्काल इन्धनको मूल्य नघटाउने भएको छ । नेपाल आयल निगमले बुधबार विज्ञप्ति जारी गरी भारतबाट खाना पकाउने ग्यासबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटेर आए पनि उपभोक्ता मूल्य हाललाई यथावत राख्ने निर्णय गरेको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, “आम उपभोक्ताको हितलाई मध्यनजर गरी हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखिएको छ ।”

नयाँ मूल्यअनुसार निगमलाई डिजलको लागत पाँच रुपैयाँ पाँच पैसाले सस्तो भएर आएको छ ।

यस्तै पेट्रोलमा एक रुपैयाँ २१ पैसा लागत घटेको निगमले जनाएको छ । निगमलाई मट्टितेलमा तीन रुपैयाँ ४० पैसाले लागत घटेको र हवाई इन्धनमा सात रुपैयाँ तीन पैसाले लागत घटेको छ ।

निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्यासको लागत प्रतिसिलिन्डर तीन सय ३९ रुपैयाँले बढेको छ ।

पछिल्लो मूल्यपछि पनि निगमलाई १५ दिनमा ४४ करोड रुपैयाँ नाफा छ । निगमलाई गत आर्थिक वर्षको नोक्सानीबाट ऋण र बक्यौता गरेर साढे १५ अर्ब रुपैयाँ दायित्व भने बाँकी नै रहेको निगमको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सामुदायिक विद्यालयमा खानेपानी महसुल छुटका विषयमा गृहकार्य सुरु

काठमाडौं ।  सामुदायिक विद्यालयमा खानेपानी जडान, वितरण तथा महसुल छुटका विषयमा गठन भएको

भिजिट भिसाको आवेदन

नारायण गाउँले । मैले आमाको भिजिट भिसा आवेदन गर्दै थिएँ । त्यहाँ आयस्रोत

दुई हजार दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २२ सय रुपैयाँले बढेको छ

दैनिक कति हराउँछन् बालबालिका ? यस्तो छ देशभरको तथ्यांक

काठमाडौं । यसवर्षको पुस मसान्तसम्म देशभरबाट तीन हजार ६९८ बालबालिका हराएकोमा तीन हजार