प्रदेश नामाकरण विवादः विरोध प्रदर्शन रोक्न विराटनगरमा निषेधाज्ञा जारी
विराटनगर । प्रदेश एकको नामकरणको विषयलाई लिएर उत्पन्न हुन सक्ने सुरक्षा खतरालाई मध्यनजर गर्दै स्थनीय प्रशासनले विराटनगरमा निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले आज दिउँसो ३ बजेदेखि लागू हुनेगरी अर्काे आदेश नभएसम्मका लागि विराटनगरका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । प्रदेशसभामा आज प्रदेशसभाको नामाकरण गरिँदैछ ।