नेशनल प्याब्सनका अध्यक्ष हमाल नेतृत्वको टोलीद्वारा राष्ट्रपतिसँग भेट



काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) का अध्यक्ष पाण्डवले हमाल ठकुरीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।

मंगलबार राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर अध्यक्ष हमाल सहित नेसनल प्याब्सनका महासचिव, उपमहासचिव र कोषाध्यक्षले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् । भेटमा वर्तमान समयमा देशमा उत्पन्न समस्या, मुलुकको समग्र शिक्षा, राजनीति र आर्थिक अवस्थाका बारेका राष्ट्रपतिसँग छलफल भएको अध्यक्ष हमालले जानकारी दिए ।

उनले भने, ‘नयाँ शैक्षिक सत्रको सुरुवात हुनै लाग्दा समेत विद्यार्थीहरुले अझै पाठ्यपुस्तक नपाएको अवस्था छ, हाम्रो विभागीय मन्त्रालय मन्त्री विहीन छ, यस विषयमा हामीले छलफल गरेका छौँ ।’

त्यस्तै पछिल्लो समय देशमा उत्पन्न राजनीतिक तरलता, आर्थिक मन्दी लगायतका विषयमा समेत अध्यक्ष हमाल नेतृत्वको टोलीले राष्ट्रपतिसँग छलफल गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘विपिन जोशीलाई छुटाउन इजरायलले निरन्तर पहल गरिरहेको छ’

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको

बेलायत पठाइदिने भन्दै युवाहरुसँग ३७ लाख ५० हजार ठगी गरी फरार भएका व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा बेलायत पठाइदिने भन्दै युवाहरुलाई ठगी गरेको अभियोगमा एकजना पक्राउ

फागुन १२ गतेदेखि माओवादीले जनतासँग माओवादी अभियान संचालन गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले फागुन १२ गतेबाट जनतासँग माओवादी अभियान सुरु गर्ने

शैक्षिक कन्सल्टेन्सीलाई कानुन विपरीतको कार्य नगर्न मन्त्रालयको चेतावनी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा प्रदायक संस्था (कन्सल्टेन्सी)