रासायनिक मल खरिदका लागि थप साढे सात अर्ब बजेट



काठमाडौं । चालु आर्थिक वर्षका लागि आवश्यक पर्ने रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयले थप सात अर्ब ५० करोड बराबरको स्रोत सुनिश्चित गरेको छ ।

अर्थ मन्त्रालयले सोमबार प्रेस नोट जारी गर्दै रासायनिक मल खरिदका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयकले गरेको प्रस्तावमा सहमति दिएको जनाएको छ ।

“स्रोत सुनिश्चित भएको रकममध्ये दुई अर्ब ४० करोड बराबर कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि विनियोजन गरिएको बजेटबाट व्यवस्था गरिनेछ भने दुई अर्ब ५० करोड आगामी आर्थिक वर्षको सिलिङमा समावेश गरिनेछ ।

त्यस्तै, दुई अर्ब ६० करोड बराबर दायित्व सिर्जना भएपछि निकासा गरिनेछ”, अर्थ मन्त्रालयले भनेको छ ।

रासायनिक मल खरिद गर्न चालु आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटमार्फत  १५ अर्ब विनियोजन गरिएको थियो ।

मल खरिदका लागि अर्थ मन्त्रालयले थप १६ अर्बको स्रोत सुनिश्चित गरेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल खरिदका लागि थप रकम माग गरेपछि पुनःस्रोतको व्यवस्था गरिएको हो ।

रासायनिक मल खरिद र आपूर्ति व्यवस्था सहज गर्ने विषयमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पाँच दिनअघि कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, कृषि विकास सचिव गोविन्दप्रसाद शर्मालगायतसँग छलफल गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पालुङटारमा दुई वटा चितुवा मृत फेला

गोरखा । गोरखाको पालुङटार नगरपालिका–१० स्थित माथिल्लो खड्का गाउँमा दुई वटा चितुवा मृत

एकीकृत निर्वाचन विधेयक सङ्घीय संसदमा यथाशीघ्र पेस गर्न सरकारलाई निर्देशन

काठमाडौँ।  सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी सङ्घीय

विशेष परिस्थितिबाहेक अब हेलिकप्टर प्रयोगमा प्रतिबन्ध, सार्वजनिक खर्चलाई मितव्ययी बनाउन नयाँ मापदण्ड जारी

काठमाडौं । सरकारले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउन नयाँ मापदण्ड जारी गरेको

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने रास्वपाका नेतासहित तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्ने तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा