तस्बिरमा हेर्नुस् सेना दिवस



काठमाडौं । नेपाली सेनाले सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा शनिबार विशेष समारोहका बीच युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरेको छ ।

नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी २ सय ६० औँ स्थापना दिवस मनाएको हो । सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतमन्त्री र सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।

महाशिवरात्री तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले विशेष कला प्रदर्शनी गरेको थियो । नेपाली सेनाले महाशिवरात्रीको दिनलाई सेना दिवसको रूपमा मनाउने गर्दछ ।

संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपाली सेना सन् १९५८ देखि संलग्न रहँदै आएको छ । शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकको सूचीमा नेपाल अग्रणी स्थानमा पर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापति सिग्देलसँग चिनियाँ राजदूतको भेटवार्ता

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सङले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका

झ्याप्ले खोला पहिरो अपडेटः आज मात्रै २१ जनाको शव भेटियो, मृतकको सङ्ख्या ३५ पुग्यो

  मलेखु । धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोबाट आइतबार मात्रै २१ जनाको शव

बाढीपहिरोमा परी सबैभन्दाबढी काठमाडौँ उपत्यकामा ६८, बागमतीमा ४५ र कोसीमा १७ जनाको मृत्यु

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको सङ्ख्या

११ ब्राण्डका पानीमा कोलिफर्म भेटियो, बिक्री वितरणमा रोक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न ११ ब्राण्डका पानीमा फिकल कोलिफर्म भेट्टाएपछि बिक्री वितरणमा