संस्थाको गरिमामा आँच पुर्याउने कार्य सोच्ने वा गर्ने छुट कसैलाई छैन : प्रधानसेनापति



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले अस्वाभाविक व्यक्तिगत महत्वाकाङ्क्षा तथा स्वार्थपूर्तिका लागि संस्थाको गरिमामा आँच पुर्याउने कार्य सोच्ने वा गर्ने छुट कसैलाई नभएको बताएका छन् ।

महाशिवरात्रि तथा सेना स्थापनाको दुई सय ६० औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार सकल दर्जालाई सम्बोधन गर्दै उनले नेपाली सेनालाई प्रदान गरिने अन्तर्राष्ट्रिय एवं राष्ट्रिय जिम्मेवारी पूरा गर्न सकल दर्जाले देखाएको तत्परता, पहल र उपलब्धिले नै नेपाली सेनाको गौरवमय इतिहास र रचनात्मक वर्तमानलाई बचाइराख्न तथा उज्ज्वल भविष्यलाई निर्देशित गरेको बताएका हुन् ।

प्रधानसेनापति शर्माले आइपर्नसक्ने जस्तोसुकै परिस्थितिको सफलतापूर्वक सामना गर्न सकल दर्जाले पेसागत ज्ञान, सीप र बन्दोबस्ती क्षमतालाई अझ विशिष्टिकृत र दुरुस्त बनाउनुपर्ने आवश्यकता औँल्याए ।

प्रधानसेनापति शर्माले भने, “हिजोभन्दा आज र आजभन्दा भोलि सुरक्षा चुनौती झन्झन् संवेदनशील र पेचिलो बन्दै गइरहेको छ, सेना परराष्ट्र नीति र राष्ट्रिय सुरक्षा नीतिलाई आधार मानेर मित्र राष्ट्रका सेनासँगको सम्बन्ध थप सुदृढ गर्दै सहयोगका क्षेत्रहरू विस्तार गर्दै अघि बढेको छ ।”

उनले सरकार र जनताको भरोसालाई थप मजबुत बनाउन विपद् व्यवस्थापन तथा उद्धार कार्यका लागि उच्च पेसागत क्षमता र हौसलाका साथ हरहमेसा तयारी रहनुपर्ने हुँदा उपलब्ध स्रोत र साधनको सदुपयोग गर्दै कार्य गर्न निर्देशन दिए ।

प्रधानसेनापति शर्माले भने, “सुदृढ र सु–सङ्गठित सेना नै राष्ट्रिय हितको संरक्षण र संवद्र्धनको आधारशिला भएकाले आफ्नो योग्यता र क्षमतालाई सैनिक अनुशासनको परिधिभित्र रही युनिट तथा सङ्गठनको हित हुनेगरी सकारात्मक कार्यमा प्रयोग गर्न आवश्यक छ ।” विसं १८१९ मा नेपाली सेनामा पाँचवटा कम्पनी स्थायीरूपमा खडा भएको वर्षलाई आधुनिक नेपाली सेना स्थापनाको सुरुवातीका रूपमा लिँदै यसपटक दुई सय ६०औँ सेना दिवस मनाइँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा भएको दुर्घटनामा महाकुम्भबाट फर्कँदै गरेका पाँच नेपालीको मृत्यु

मुजफ्फरपुर । उत्तर प्रदेशको प्रयागराजमा भएको महाकुम्भ मेलामा सहभागी भएर घर फर्कने क्रममा

आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छः महामन्त्री शर्मा

  चितवन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले

प्रमुख प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नविकरण नगर्ने क्यानको निर्णय

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले प्रमुख प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नवीकरण

डोल्पामा हेलिकप्टरबाट सुत्केरीको उद्धार

ठूलीभेरी । सालनाल अड्केर गम्भीर अवस्थामा पुगेकी सुत्केरीको राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार