भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौँमा



काठमाडौं । नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौं आइपुगेका छन् ।

काठमाडौँ आउनेमा विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहाग छन् । नेपाली सेनाले भारतीय वर्तमान सेना प्रमुखसहित १२ जनालाई समारोहमा भाग लिन निम्ता पठाएको थियो । त्यसमध्ये पूर्वप्रमुख मनोजमुकुन्द नरवाने भने शनिबार आउने बताइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा शनिबार आयोजना हुने सेना दिवस मुख्य समारोहमा भारतीय सेनाका पूर्व प्रमुखहरुले भाग लिनेछन् ।

त्यसअघि शनिबार बिहान छाउनीस्थित वीर स्मारकमा आयोजना हुने कार्यक्रममा उनीहरु सहभागी हुने सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

सैनिक मुख्यालय जङ्गी अड्डामा यही फागुन ७ गते प्रधानसेनापति प्रभुराम शर्मासहित समकक्षीसँग उहाँहरुको भेटघाट र छलफल हुनेछ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सोही दिन साँझ जङ्गी अड्डामा आयोजना हुने सांस्कृतिक कार्यक्रममा भारतीय सेनाका पूर्व प्रमुखहरुको सहभागिता रहनेछ ।

नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने अनुपम परम्परा छ । नेपाली सेनाले यस वर्ष २६०औँ स्थापना दिवस मनाउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सम्पूर्ण संयन्त्र प्रयोग गरी तत्काल पहिरो पन्छाएर राजमार्गहरु संचालनका लागि काम सुरु गर्ने सर्वदलीय बैठकको निर्णय

काठमाडौं । सर्वदलीय बैठकले बाढीपहिरोबाट घरबास गुमाएकाहरुको पुनर्स्थापना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको

हवाई भाडा नियन्त्रण गर्न सरकारलाई संसदीय समितिको निर्देशन

  काठमाडौँ  ।  राज्य व्यवस्था तथा सुशासन समितिले अस्वभाविक रुपमा हवाई भाडा दर

प्रधानसेनापति सिग्देलसँग चिनियाँ राजदूतको भेटवार्ता

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सङले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका

झ्याप्ले खोला पहिरो अपडेटः आज मात्रै २१ जनाको शव भेटियो, मृतकको सङ्ख्या ३५ पुग्यो

  मलेखु । धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोबाट आइतबार मात्रै २१ जनाको शव