बालाजु घटनामा संलग्न थप १५ जना पक्राउ



काठमाडौं । प्रहरीले फागुन १ गते काठमाडौंको बालाजुमा प्रहरीको भ्यानमा भएको आगजनी तथा ल्होत्से मल तोडफोड गरी मोबाइल पसलमा चोरी घटनामा संलग्न रहेको आरोपमा थप १५ जनालाई पक्राउ गरेको छ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा चालक र सहचालक, व्यापारी, विद्यार्थी र दैनिक मजदुरी गर्ने व्यक्ति छन् । प्रहरीले सार्वजनिक यातायातमा सहचालकको रुपमा काम गर्ने काभ्रेको पाँचखाल घर भएमा १९ वर्षीय सुरज मगर ताप्ले, नुवाकोटको सुर्यगढी–४ घर भएका १९ वर्षीय केशर राई, सिन्धुलीको सिन्धुलीगढी–६ घर भएका १८ वर्षीय ईन्द्र तामाङ, उदयपुरको उदयपुरगढी–६ घर भएका २७ वर्षीय राजन राउत र निलकण्ठ–६, धादिङ घर भएका १८ वर्षीय विकास गुरुङलाई पक्राउ गरेको छ।

यस्तै, सवारी चालक धादिकङको निलकण्ठ–६ घर भएका २६ वर्षीय ईलाराम गुरुङ र काभ्रेको नमोबुद्ध घर भएका २८ वर्षीय हरिशरण तामाङलाई पक्राउ गरेको छ ।

त्यस्तै उदयपुरको चौदण्डी–५ घर भएका ३० वर्षीय रितेश बस्नेत, बेलबारी–४ मोरङ घर भएका ३० वर्षीय यमन राई, होटलमा वेटरको काम गर्ने काठमाडौंको सामाखुसी घर भएका १९ वर्षीय कविन खड्गी तथा कलेजमा अध्ययन गर्ने नुवाकोटको ककनी–८ घर भएका १८ वर्षीय सुनिल कालिकोटे, ककनी–७ सुदिप तामाङ र व्यापार व्यवसाय गर्ने काठमाडौंको माछापोखरी घर भएका ३३ वर्षीय माधव शाही पक्राउ परेका छन् ।

पक्राउ परेकामध्ये केही व्यक्ति यसअघि पनि विभिन्न अपराधिक घटनामा संलग्न रहेका पाइएको छ। पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बालाजु र महाराजगञ्ज पठाइएको छ ।

बालाजु घटनामा संलग्न रहेकामध्ये मोबाइल पसलमा लुटपाट गरेको आरोपमा प्रहरीले यसअघि पनि ४ जनालाई पक्राउ गरेको छ। यस्तै, प्रहरीको गाडीमा आजगनी गरेको आरोपमा ६ जनालाई पक्राउ गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चौधवर्षमा पनि बनेन लम्सुवाघाट पुल

भोजपुर । उत्तरी क्षेत्रबाट भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भईरहेको

इजरायलस्थित नेपाली राजदूत पण्डित र इजरायली राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिन रिहाइबारे छलफल

काठमाडौं । इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायलका राष्ट्रपति इसहाक हर्जोगसँग टेलिफोन गरी

सामुदायिक विद्यालयमा खानेपानी महसुल छुटका विषयमा गृहकार्य सुरु

काठमाडौं ।  सामुदायिक विद्यालयमा खानेपानी जडान, वितरण तथा महसुल छुटका विषयमा गठन भएको

भिजिट भिसाको आवेदन

नारायण गाउँले । मैले आमाको भिजिट भिसा आवेदन गर्दै थिएँ । त्यहाँ आयस्रोत