स्वास्थ्य र शिक्षामा युरोपेली आयोगको सहयोग निरन्तर रहने



काठमाडौं । अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली आयुक्त युटा उर्पिलाइनेनले नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा गर्दै आएको सहयोग र सहकार्यलाई निरन्तरता दिने बताएकी छन् ।

बुधबार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा सञ्चालित ‘अमृत कोष’ (ह्युमन मिल्क बैंक) को निरीक्षण गर्ने क्रममा आयुक्त उर्पिलाइनेनले पोषण र स्वास्थ्यका कार्यक्रमलाई निरन्तर सहयोग प्रदान गर्ने बताएकी हुन् ।

उनले भनिन्, “युरोपेली युनियनले बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनअन्तर्गत स्तनपानलाई प्रोत्साहन गर्दै आएको छ । यस अस्पतालले पोषण र स्वास्थ्यमा सुरु गरेको काम प्रशंसनीय छ ।”

उनले स्वास्थ्य र शिक्षा क्षेत्रका विभिन्न कार्यक्रम सञ्चालनका लागि आयोगले नेपालसँग दशकौँसम्म सहयोग र सहकार्य गर्ने बताइन् । गत भदौ महिनामा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अमृत कोषको उद्घाटन गरेकी थिइन् ।

कोषले सुत्केरी आमाबाट सुरक्षितरूपमा दान गरिएको दूध सङ्कलन, प्रशोधन, परीक्षण र भण्डारण गर्ने गरेको छ । कोषले समय नपुगी जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुलाई आमाको दूध उपलब्ध गराउँदै आएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव सङ्गिता कौशल मिश्राले दूध बैंकको सञ्चालन र विस्तारले भर्खरै जन्मेका शिशुको मृत्युदर घटाउन सहयोग गर्ने बताइन् । उनले भनिन्, “स्तनपान हरेक शिशुको अधिकार हो । बिरामी शिशु र बालबालिकाका लागि दूध बैंकले निकै सहयोग गरेको छ । यस सेवालाई विस्तार गर्न आवश्यक छ ।” अस्पतालका निर्देशक डा पवनजङ्ग रायमाझीले कोषले धेरै आमा र शिशुको स्वास्थ्यमा योगदान पुर्याएको भन्दै आभार व्यक्त गरे ।

उनले भने, “अमृत कोषले बालबालिकामैत्री स्वास्थ्य प्रणाली सुनिश्चित गर्नमा योगदान पु¥याइरहेको छ । युरोपेली आयोगको आर्थिक र प्राविधिक सहयोगप्रति आभारी छौँ ।” उनले सङ्कलन केन्द्र बढाउन सके धेरै आमाहरूले दूध दान गर्ने सक्ने बताए । “अस्पतालभित्र माग हुने दूधको ४० प्रतिशतमात्र उपलब्ध हुँदै आएको छ । पोस्ट नेटल वार्ड परिसरमा सङ्कल्न केन्द्र थप्न सके दाताबाट अझ धेरै दूधको सङ्कलन बढ्न सक्ने विश्वास गरेका छौँ”, उनले भने ।

नेपाल सरकार, युरोपेली युनियन र युनिसेफको साझेदारीमा स्थापना भएको कोषले सञ्चालनमा आएको पाँच महिनाको अवधिमा तीन सय आमाबाट एक सय ७४ लिटर दूध सङ्कलन गरेको छ । अस्पतालमा वार्षिक २४ हजारको सङ्ख्यामा शिशुको जन्म हुने गरेको छ । कम तौल भएका शिशुको जन्म १२ प्रतिशतसम्म रहेको निर्देशक डा रायमाझीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै, खुम्बु हिमनदी छोटिँदै

  सोलुखुम्बु । विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै गएको स्थानीय

प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद थप्ने सरकारको निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद एक वर्ष

अख्तियारद्वारा कपिलवस्तु मालपोतका नायब सुब्बा ३० हजार घुससहित पक्राउ

काठमाडौं । मालपोत कार्यालय कपिलवस्तुका नायब सुब्बा नरहरी खनाल घुस रकमसहित पक्राउ परेका

युरोप, जापान, कोरिया, इजरायल लगायतका मुलुकमा वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा