चिकित्सक संघको अध्यक्षमा डा. अनिलविक्रम कार्की निर्वाचित



काठमाडौँ । नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. अनिलविक्रम कार्की विजयी भएका छन् । मतगणनाको अन्तिम परिणामअनुसारकार्कीले ३ हजार ५ सय ३७ मत प्राप्त गरेका छन् । त्यस्तै डा.कार्कीका निकटतम् प्रतिस्पर्धी पेशागत समावेशी समूहका डा. सन्तोष पौडेलले २ हजार ३ सय २३ मत प्राप्त गरे ।

डा. कार्की यसअघि संघको उपाध्यक्ष रहेका थिए । स्वतन्त्र समूहबाट उम्मेदवार बनेका डा. शिवजीविक्रम सिलवालले २ सय ९० मत प्राप्त गरे । निर्वाचन समितिका अनुसार मतदानमा कुल ६ हजार २ सय ९१ मत खसेको थियो ।

त्यस्तै महासचिवमा डा. सञ्जीव तिवारी विजयी भएका छन् । लोकतान्त्रिक समूहका तिवारी २ हजार ९१८ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम् प्रतिस्पर्धी रहेका डा. अमृत भुसालले १ हजार ५४१ मत प्राप्त गर्दा डा. रक्षा श्रेष्ठले १ हजार ५०५ मत ल्याइन् ।

त्यसैगरी मधेस प्रदेशको उपाध्यक्षमा लोकतान्त्रिक समूहकै निरजकुमार सिंह विजयी भए। उनले ३ हजार ८१ मत प्राप्त गरे । वाग्मती प्रदेशमा ३ हजार ५५३ मत ल्याई प्रकाश बुढाथोकी उपाध्यक्षमा चुनिएका छन् भने गण्डकी प्रदेशमा पनि लोकतान्त्रिक समूहले नै कब्जा जमाएको छ । लोकतान्त्रिक समूहका डा. राजन शर्माले कुल ३ हजार ३२२ मत प्राप्त गरे ।

सुदूरपश्चिम प्रदेशमा डा. प्रशान्त भट्ट ३ हजार ३५९ मत प्राप्त गरी उपाध्यक्ष पदमा विजयी भएका छन् । सदस्यहरूमा लोकतान्त्रिक समूहका डा. तेजसुसेन मल्ल, डा. सृजना विष्ट, डा. अमितरञ्जन मिश्र,डा. किशोर खत्री ,डा. युभिनकुमार यादव विजयी भएका छन् ।

डा. स्मृति महत पेशागत समावेशी समूहबाट विजयी भएकी एक्ली सदस्य हुन् । वरिष्ठ उपाध्यक्षमा डा. बद्री रिजाल, उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजकमा डा. नन्दाकुमारी गुरुङ, उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजकमा केशरबहादुर ढकाल निर्विरोध निर्वाचित भइसकेका छन् ।

साथै उपाध्यक्ष तथा प्रदेश १ संयोजक डा. विपेश आचार्य, कोषाध्यक्षमा डा. प्रमोद जोशी, सह–कोषाध्यक्षमा डा. विक्रान्त ढकाल र सह–सचिवमा डा. लिजन महर्जन यसअघि नै पदाधिकारीमा निर्विरोध निर्वाचित भइसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जेठ १३ गते देशभरका बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै

काठमाडौँ । सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । आगामी

लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना हुँदै

  लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले भोलिदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध

जापान पठाइदिने भन्दै तीन करोड ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने प्रलोभनमा पारी ठगी गर्ने

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ महाअधिवेशन उद्घाटन

काठमाडौँ । नेपाल महासङ्घको २७औँ महाअधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल