प्रमोद खरेलको कन्सर्टको भीडमा नौ जनाभन्दा बढी घाइते, कार्यक्रम स्थगित



धनकुटा । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाहरूको भीडमा परी नौ जनाभन्दा बढी घाइते भएका छन् ।

घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकी धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएकाको अस्पतालको इमर्जेन्सी शाखाले जानकारी दिएको छ ।

अत्यधिक भीडका कारण झण्डै नौ जनाभन्दा बढी दर्शक घाइते भएकाले उपचारका लागि अस्पताल लगिएको प्रहरी उपरीक्षक लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिए ।

कन्सर्ट हेर्न आउनेहरूको भीडमा परी घाइते भएकाको विवरण र क्षति भने यकिन हुन नसकेको कलाकार संयोजन समितिका संयोजक रिदम श्रेष्ठले जानकारी दिए । आजका सबै कार्यक्रम स्थगन भएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अनलाइन ठगीबाट बच्न सीआइबीको अनुरोध

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूूरो (सीआइबी)ले पछिल्लो समयमा विभिन्न प्रलोभनमा पारेर

आज राति अत्यधिक मात्रामा उल्का वर्षा हुने

काठमाडौं ।  शुक्रबार राति अत्यधिक मात्रामा उल्का वर्षा हुने भएको छ। नेपाल एस्ट्रोनोमिकल सोसाइटीका

एमपक्स भित्रिन नदिन सीमा नाकाहरुमा विशेष निगरानी गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

काठमाडौं । सरकारले एमपक्स भित्रिन नदिन सीमा नाकाहरुमा कडाई गर्ने भएको छ ।

सङ्घीय निजामती विधेयकमा यस्ता छन् लोकसेवाका सुझाव

काठमाडौँ । लोक सेवा आयोगले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल चलिरहेको