इन्टरनेटको समस्या समाधान गर्न आईस्पानको आग्रह



काठमाडौं । इन्टरनेट सेवा प्रदायक सङ्घले इन्टरनेट सेवा प्रवाहमा देखिएको समस्या समाधानका निम्ति सरोवारवाला पक्षसँग आग्रह गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले पोल (खम्बा) को भाडाको विषयलाई लिएर देशका विभिन्न स्थानमा इन्टरनेट सेवा प्रवाह गर्ने तार छानीछानी काट्ने गरेको भन्दै इन्टरनेट सेवा ठप्प हुनबाट जोगाउन सरकारसँग आग्रह गरेको छ ।

सङ्घले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, दूरसञ्चार प्राधिकरण, मानवअधिकार आयोग, उपभोक्ता मञ्च र राज्यका जिम्मेवार निकायसमक्ष समस्या समाधानका निम्ति अनुरोध गरेको हो ।

इन्टरनेट सेवा प्रदायकहरूले सेवा प्रदान गर्नका लागि ओपिजीडब्लु, विद्युत्का पोललगायत पूर्वाधारको काम गर्दै आएकामा प्राधिकरणको एकाधिकार भएका कारण आफूखुसी भाडादर कायम गर्दै आएको सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष सुधीर पराजुलीले इन्टरनेट सेवा प्रदायक सबैलाई बेवास्ता गरी प्राधिकरणले पोलको भाडा छ सयदेखि सात सय प्रतिशतसम्म वृद्धि गरेको भन्दै आपत्ति जनाएका छन् । “कुनै पनि समयमा पोखरा तथा त्यस आसपासका क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने अवस्था छ”, सङ्घद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको

चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो

सात कोरियाली आरोहीले जुगल हिमाल आरोहण गर्ने

  सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोणका लागि

स्नातक छोरीबुहारीलाई सूर्योदय नगरपालिकामा सय दिनको रोजगारी

इलाम । इलामको सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले