अवकासको मुखमा सैनिक उपरथी प्रेम शाही सैनिक हिरासतमा



काठमाडौं । सैनिक उपरथी प्रेम शाहीलाई अवकाशको मुखमा नेपाली सेनाले सैनिक प्रहरी हिरासतमा राखेको छ ।

उमेर हदका कारण बुधबारदेखि अनिवार्य अवकाशमा जान लागेका उपरथी शाहीलाई हिरासतमा राखिएको सैनिक प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

प्रवक्ता भण्डारीका अनुसार विगतमा भ्रष्टाचार गरेको आरोप लागेको र उक्त विषयमा छानबिन बाँकी रहेकाले हिरासतमा लिइएको हो ।

उपरथी शाहीले आफ्नो पदावधि एक वर्ष बाँकी रहेको भन्दै नेपाली सेनाको जंगी अड्डा र रक्षा मन्त्रालयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटमा सर्वोच्चले उनको पक्षमा फैसला गरेसँगै उनलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको हो। सर्वोच्चले पदावधि नथपेको भए उनी पुस २० गते बुधबार उमेर हदका कारणले अवकाशमा जाँदै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोटीमा यसवर्ष आठ करोडको सुन्तला उत्पादन

  डोटी । डोटी जिल्लामा एक वर्षको अवधिमा आठ करोडको सुन्तला उत्पादन भएको

सोलुखुम्बुमा आगलागी र हावाहुरीले २९ संरचनामा क्षति

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्ला केही दिनयता आगलागी तथा हावाहुरीले भौतिक संरचनामा

भारतमा भएको दुर्घटनामा महाकुम्भबाट फर्कँदै गरेका पाँच नेपालीको मृत्यु

जलेश्वर । भारत, उत्तरप्रदेशको प्रयागराजमा महाकुम्भ स्थान गरेर फर्किरहेका पाँच नेपालीको दुर्घटनामा परी

आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छः महामन्त्री शर्मा

  चितवन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले