छिमेकी मुलुकमा कोभिड संक्रमण बढेकाले सतर्कता अपनाउन मन्त्रालयको आग्रह



काठमाडौं । छिमेकी देशमा कोरोना सङ्क्रमण बढेको भन्दै सरकारले नेपालमा पनि सावधानी अपनाउन आग्रह गरेको छ ।

बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गरी नेपालमा अहिले सङ्क्रमण कम हुँदै गएपनि विश्वव्यापीरूपमा र छिमेकी देश भारत तथा चीनमा समेत नयाँ–नयाँ भेरियन्ट फैलिएकाले नेपाल पनि जोखिममा रहेको बताएको हो ।

छिमेकी देशमा बढिरहेको सङ्क्रमण र नयाँ भेरियन्टबारे सजग रहन आवश्यक रहेको भन्दै मन्त्रालयले निगरानी र अरू सरकारी निकायसँग समन्वय बढाइएको उल्लेख गरेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लो समय विदेशबाट आएका ४८ जनाको नमूना परीक्षण गरिएकोमा भारतमा पुष्टि भएको ’बीएफ ७’ भेरियन्ट नदेखिएको मन्त्रालयले जनाएको छ ।

फरक स्वरूपमा देखिन थालेको सङ्क्रमणले जोखिम बढाएको भन्दै मन्त्रालयले मास्कको प्रयोग गर्न, भौतिक दुरी कायम राख्न तथा खोप नलगाएको भए लगाउन आग्रह गरेको छ ।

नेपाल प्रवेश गर्ने सीमा नाकाहरूमा रहेका हेल्थ डेस्क तथा स्वास्थ्य संस्थाले स्क्रिनिङ, निगरानी, सर्तकता बढाउन तथा आवश्यक तयारीमा रहन पनि मन्त्रालयले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२० वर्षपछि पक्राउ परे सप्तरीमा हत्याका एक अभियुक्त

राजविराज । कर्तव्य ज्यान मुद्दामा एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

कमलपोखरीको एक मःम पसलमा ग्यास सिलिण्डर विष्फोट हुँदा ११ जना घाइते

काठमाडौं । काठमाडौंको कमलपोखरीमा ग्यास सिलिण्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन्

एनआरएनएको सहयोगमा युक्रेनी सेनाको कब्जामा रहेका दुई जना नेपालीको उद्धार, शुक्रबार काठमाडौं आइपुग्ने

काठमाडौँ । विगत नौ महिनादेखि युक्रेनीको सेनाको कब्जामा रहेका दुई जना नेपालीको उद्धार

बन्दीपुरको मौलिकता जोगाउन गाउँपालिकाको कडाइ

दमौली (तनहुँ)। पहाडकी रानी उपनामले परिचित बन्दीपुर बजारको मौलिकता र सौन्दय जोगाई राख्न