नेपाल प्रहरीका पाँच एसपीको काज सरुवा



काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले बुधबार पाँच एसपीको काज सरुवा गरेको हो । बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत एसपी वीरबहादुर ओलीको जिल्ला प्रहरी कार्यालय दाङमा काज सरुवा गरिएको छ।

दाङका एसपी सुरेश प्रसाद काफ्लेलाई अपराध अनुसन्धान विद्यालय काठमाडौं सरुवा गरिएको छ । यस्तै, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसपी महेन्द्र खड्काको बागमती प्रदेश प्रहरी गण हेटौंडामा सरुवा भएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी सन्तोष सिंह राठौरको प्रहरी केन्द्रीय विशेष कार्यदल, काठमाडौंमा सरुवा भएको छ भने लुम्बिनी प्रदेश प्रहरी कार्यालयका एसपी खड्क बहादुर खत्रीको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा सरुवा भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

गुल्मी । कालीगण्डकी गाउँपालिका–२ अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६०

अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण

लमजुङ । लमजुङ दरबार बजेट अभावले पुन निर्माण अझै सम्पन्न हुन सकेको छैन

तनहुँमा ४२ करोड ५० लाखको सुन्तला बिक्री

दमौली (तनहुँ) । तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट गरी  ४२ करोड ५०

१२ किलोको काउली फलाएका खत्री भन्छन्– विदेश जाने सोच आएन

बागलुङ। बागलुङ नगरपालिका– ९ तित्याङ थापाथरका पदम खत्रीले १२ केजीको काउली फलाएका छन्